धरान १३ मा एकै परिवारका २ जनामा कोरोना संक्रमण

  • भदौ २, २०७७
  • ४४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भाद्र ः धरानमा एकै परिवारमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कन्ट्याक ट्रेसिङको आधारमा साउन ३० गते स्वाब लिइएको थियो ।

स्थानीय जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा एकै परिवारका २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभइको छ ।

यस अघि सो परिवारको १ जनामा संक्रमण पुष्टि भएको थियो । सो संक्रमितका श्रीमति र बुबाभएको वताइएको छ ।

मेहताले मंगलवार धरान १८ मा ४४ जनाको स्वाव संकलन गरीएको र जसमा ३८ पुरुष र ६ महिला रहेको जानकारी दिनुभयो ।
त्यसैगरी धरान ७ कि २३ वर्षिया युवति पनि संक्रमित रहेको र उनलाई वीपी प्रतिष्ठानको आइसुलेसनमा राख्ने तयारी भईरहेको मेहताले वताउनुभयो ।

उनीहरुलाई होम आइसुलेसनमा नै राख्ने विषयमा सल्लाह भइरहेको मेहताले वताउनु भयो ।
परिवारमा आमा र छोराको रिपोर्ट भने नेगेटिभ आएको १३ नं. वडाका वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic