नेकपाको कार्यदलले बुझायो प्रतिवेदन कस्तो छ कार्यदलको सुझाव

  • भदौ ६, २०७७
  • ४,९८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,६ भदौं ः चरम उत्र्कसमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान तर्फ देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएसंग्ौ समाधानतर्फ देखिएको हो ।

कार्यदलले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।

कार्यदल मिहिन ढंगले वनाएको प्रतिवेदनमा नेकपामा देखिएको पहिलो विवादको चुरोको रुपमा रहेको वुदाको रुपमा रहेको प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने, आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने, सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने, संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा हेरफेर गर्ने लगायतका सुझाव रहेका छन् ।

ओली र प्रचण्डले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न भन्दै गत साउन ३० मा कार्यदल गठन गरेका थिए ।

पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यंदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेकाथिए ।

। नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि समाधानका लागि कार्यदल गठन गरीएको थियो ।

कस्तो दियो कार्यदलले सुझाव ?

– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic