प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका बग्गा पक्राउ

  • भदौ ७, २०७७
  • १,३९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ भदौ ः प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका प्रदिप यादव (बग्गा) पक्राउ गरेकाछन् ।

भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषधको कारोबार गर्ने ३९ वर्षिय अपराधी प्रदिप यादव (बग्गा)लाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार भारतको अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा बग्गालाई शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरीएको हो ।

प्रहरीका अनुसार बग्गा भारतमा बसी नेपालको १ र २ नं प्रदेशका विभिन्न जिल्लामा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आएका थिए ।

बग्गाको साथबाट डाइलेक्स डि. सी.१५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बग्गाले २०७५ मंसिरको पहिलो साता उदयपुरगढी गाँउपालिकाका मन्दिप तामाङ, सुनसरी दुहवी नगरपालिका वडा नम्बर ५ हाल ईटहरी १२ खनारका ३५ वर्षका सुशीलकुमार साहुलाई हातहतियार नेपाल पठाएका थिए ।

त्यस्तै विराटनगर १६ बस्ने २२ वर्षिय बिध्यानन्द मण्डल, सोही ठाउँको २० वर्षिय अनुप गिरीलाई लागूऔषध र हातहतियार धरान घर भई ललितपुर जिल्ला एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षिय रुपम राईलाई विराटनगरको बसपार्कमा दिन भनी पठाएका थिए ।

मन्दिप तामाङ र सुशील कुमार साहु विराटनगर १६ स्थित हुलास मेटल चौकबाट पक्राउ परेका थिए भने बिध्यानन्द मण्डल, अनुप गिरी र रुपम राई विराटनगर बसपार्कबाट पक्राउ परेका थिए ।

उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दाचलाउने प्रहरीले जनाएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic