प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका बग्गा पक्राउ

  • भदौ ७, २०७७
  • १,४२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ भदौ ः प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका प्रदिप यादव (बग्गा) पक्राउ गरेकाछन् ।

भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषधको कारोबार गर्ने ३९ वर्षिय अपराधी प्रदिप यादव (बग्गा)लाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार भारतको अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा बग्गालाई शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरीएको हो ।

प्रहरीका अनुसार बग्गा भारतमा बसी नेपालको १ र २ नं प्रदेशका विभिन्न जिल्लामा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आएका थिए ।

बग्गाको साथबाट डाइलेक्स डि. सी.१५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बग्गाले २०७५ मंसिरको पहिलो साता उदयपुरगढी गाँउपालिकाका मन्दिप तामाङ, सुनसरी दुहवी नगरपालिका वडा नम्बर ५ हाल ईटहरी १२ खनारका ३५ वर्षका सुशीलकुमार साहुलाई हातहतियार नेपाल पठाएका थिए ।

त्यस्तै विराटनगर १६ बस्ने २२ वर्षिय बिध्यानन्द मण्डल, सोही ठाउँको २० वर्षिय अनुप गिरीलाई लागूऔषध र हातहतियार धरान घर भई ललितपुर जिल्ला एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षिय रुपम राईलाई विराटनगरको बसपार्कमा दिन भनी पठाएका थिए ।

मन्दिप तामाङ र सुशील कुमार साहु विराटनगर १६ स्थित हुलास मेटल चौकबाट पक्राउ परेका थिए भने बिध्यानन्द मण्डल, अनुप गिरी र रुपम राई विराटनगर बसपार्कबाट पक्राउ परेका थिए ।

उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दाचलाउने प्रहरीले जनाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic