सोलुखुम्बुमा आफ्नै सहोदर दाजु बहिनीले विहे गर्न लागेपछि प्रहरी फन्दामा

  • भदौ १८, २०७७
  • २,६५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
सोलुखुम्वु, १८ भदौ ः सोलुखुम्वुमा एउटा पत्याउनै नसकिने र कल्पना नै गर्न नसकिने घटना सार्वजनिक भएको छ ।
समाजले परिकल्पना समेत गर्न नसकिने एउटा घटना यथार्थमा बुधबार परिणत भएको छ ।

प्राप्त जानकारी अनुसार महाकुलुङ गाउँपालिकामा २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले विवाह गर्न लागेपछि आमाको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आमाले प्रहरीमा आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै उजुरी दिएपछि उनीहरुलाइ पक्राउ गरीएको प्रहरीले सोलु प्रहरीले जनाएको छ ।

उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएको प्रहरीले उल्लेख गरेको छ ।

सोलु प्रहरीले दिएको जानकारी अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु स्विकार गरेकाछन्। अहिले दुवै जनालाई पक्राउ गरि मुद्दा चलाउने प्रहरीको तयारी छ।

उनीहरुको अनैतिक क्रियाकलापका विषयमा यसअघि पनि स्थानीय समाज बसेर चेतावनि समेत दिएर छोडेका थिए । उनीहरुले सोही गतिविधि दोहो¥याएको र विवाहमा नै परिणत गर्न लागेपछि आमाले वाध्य भएर उजुरी दिई पक्राउ गराएकि थिइन ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic