महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेवि संघद्वारा तालावन्दी

  • भदौ २२, २०७७
  • ३३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ भदौ ःमहेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोधमा नेविसंघले तालावन्दी गरेको हो ।

विद्यार्थीहरुलाई अनलाईन कक्षा शुल्क तिर्न लगाउने निर्णय सच्याउन माग राख्दै संघले तालाबन्दी गरेको हो । संघले विज्ञप्ती जारी गदै अनलाइन कक्षा निःशुल्क सञ्चालन गर्नुपर्ने माग राखेको छ ।

सेमेष्टार तहका विद्यार्थीहरुलाई परिस्थिती सहज नभएसम्म कुनै पनि शुल्क लिन नहुने माग राख्दै तालाबन्दी गरिएको संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका बरिष्ठ उपाध्यक्ष तथा स्वावियू सचिव दोर्ची शेर्पाको भनाई रहेको छ ।

क्याम्पस प्रशासनले गत शुक्रवार सूचना टास गरी विद्यार्थीहरुलाई अग्रिम सेमिस्टार शुल्क बुझाउन दवाव दिएको छ ।
शेर्पाले अहिलेको विषम परिस्थितिमा फि लिन नहुने वताउदै सहज भएपछि शुल्क लिनु पर्छ भन्ने संघको माग रहेको स्पष्ट पारेकाछन् ।क्याम्पसले निर्णय नसच्याएसम्म तालाबन्दी कायम राख्ने शेर्पाले चेतावनी दिएकाछन् ।

संघले सम्पूर्ण विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागी तर सेमेष्टार तहका कुनै पनि शुल्क नर्तिन आग्रह समेत गरेको छ ।

क्याम्पसले ६ महिनादेखी लकडाउनले बन्दा बन्दी भएको अवस्थामा सेमेष्टारका विभिन्न तहहरु एमविविएस, एमए, एमएड, बिबिए, बिबिएस सम्बन्धी ५० प्रतिशत शुल्क तिरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यो क्याम्पसले जारी गरेको सूचना व्यवहारीक र अवैज्ञानिक भएकोले वाध्य भएर आफूहरुले तालावन्दी गर्नुपरेको इकाई सभापति विवेक लिम्वुले वताए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic