कांग्रेस लगायत अन्य पार्टी छाडदै युवाहरु नेकपामा प्रवेश

  • भदौ २३, २०७७
  • १३,२६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौ ः धरान– १७ मा युवाहरुको ठूलो संख्यामा नेपाली कांग्रेस परित्याग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेकाछन् ।

विभिन्न पार्टीमा रहेका १ सय ५ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको नेकपाले जनाएको छ ।
धरान १७ मा नेकपाले गरेको बिकास र पार्टीले लिएको नीति तथा कार्यक्रममा सहभागी भएर योगदान दिने भन्दै सयौंको संख्यामा युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस पट्नाली बुथ सभापति युवराज राईको नेतृत्वमा पट्नालीबाट २८ जना, धरान १७ को असारे, साउने, डाडाघोपा लगायतका विभिन्न टोलबाट निमा शेर्पाको अगुवाईमा विभिन्न पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेको नेकपाका १७ नं वडा कमिटी अध्यक्ष सुवास वर्देवाले जानकारी दिएका छन् ।

नव प्रवेशी युवाहरुलाई नेकपाका प्रदेश सदस्य तथा धरान नगर इन्चार्ज अइन्द्र विक्रम बेघा, प्रदेश सदस्य जसकुमार राई (प्रवेश), जिल्ला सदस्य पदम इस्बो,धरान नगर अध्यक्ष नारायण सुवेदी, सचिव सुदर्शन श्रेष्ठ, नगर सदस्य मनोज भट्टराई, राजमणी निरौला, १७ नम्बर वडा इन्चार्ज जीवन भट्टराई, सहइन्चार्ज युवराज बिष्ट लगायतका नेताहरुले नव प्रवेशी युवा कार्यकर्ताहरुलाई स्वागत गरेका थिए ।

नेकपाका प्रदेश सदस्य तथा धरान नगर इन्चार्ज आइन्द्र विक्रम बेघाले नेकपा मात्रै देशमा युवाहरुको भावना र चाहनालाई सम्बोधन गर्न सक्ने बैज्ञानिक पार्टी भएकोले देश निर्माणमा एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

देशमा भएको बिकृति, बिसंगति र कुरीतिलाई चिर्दै र सुखी नेपाली र समृद्ध नेपाल बनाउने पार्टीको अभियानमा जोडिन सबै युवाहरुलाई आग्रह गरेका छन् ।

नवप्रवेशीहरुको तर्फबाट युवा नेता युवराज राईले काँग्रेस लगायतका पार्टीहरुले चुनावका बेलामात्रै युवाहरुलाई उपयोग गर्ने र अरुबेला वास्ता नगरेका कारण युवाहरुलाई सँधै परिचालन गर्ने र विकास निर्माणका कार्यमा समेत सहभागिता गराउने नेकपा मात्रै भएको ठहर गरेर आफुहरु सामूहिक रुपमा नेकपामा प्रवेश गरेको बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ नं.वडा अध्यक्ष सुवास वर्देवाको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश तथा स्वागत कार्यक्रम पार्टीका वडा सचिव बसन्त श्रेष्ठले सञ्चालन गरेका थिए ।

पार्टी एकिकरण पछि संगठनमा खासै लागि नपरेको नेकपालाई यो पार्टी प्रवेशले निकै उत्साहित वनाएको केही कार्यकर्ताहरुको भनाई रहेको छ ।

पार्टी एकिकरणपछि संगठन विस्तारमा र निर्माणमा पार्टीको तल्लो स्तरमा खास काम हुन सकेको छैन ।

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic