ताप्लेजुङ नेकपाले गर्यो सांसदलाई पार्टीबाट निलम्वन

  • भदौ २३, २०७७
  • ६,४२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
ताप्लेजुङ,२३ भदौ ः संसद भनेको जनताका जनप्रतिनिधि हुन उनीहरुबाट जनताले धेरै ठूलो अपेक्षा गर्ने गर्छन् । तर संसदको वास्तविक अवस्था भने कस्तो छ भन्ने ताप्लेजुङकी सांसदको व्यवहारले स्पष्ट पारेको छ । उनको क्रियाकलापले संसद पदको मर्यादामा समेत प्रश्न उठन थालेको छ ।

आफ्ना कार्यकर्तासंग सामाजिक सञ्जालको कुराकानीमा अस्लिल शव्द प्रयोग गरी संवाद गरेको आरोपमा प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीले निलम्वन गरेको छ ।

उनलाई संसदमा सिफारीस गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले सांंसद साँवालाई जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको हो।

एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।

संसद जस्तो गरीमा पदमा बसेर पनि मर्यादा विपरीत कार्य गरेकोले ३ महिनाका लागि पार्टीबाट निलम्वन गरीएको जिल्ला अध्यक्ष विजय किरातले जानकारी दिए ।संसद साँवा नेकपा जिल्ला कमिटी ताप्लेजुङकी सचिवालय सदस्य हुन ।

नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेको संयोजकत्वमा नेकपा ताप्लेजुङले ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा उनलाई कारबाही गरिएको हो ।

पार्टी स्रोतका अनुसार सांसद साँवाले आफूबाट आइन्दा यस्ता कमि कमजोरी र गल्ति नदोहोरीने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन् ।

अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले छानबिन समिति नै बनाउनु परेको थियो ।

्संसदहरुको गतिविधिले नेकपालाई संघ,प्रदेशमा समेत वदनाम गराएको छ ।

 

 

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic