ताप्लेजुङ नेकपाले गर्यो सांसदलाई पार्टीबाट निलम्वन

  • भदौ २३, २०७७
  • ६,४४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
ताप्लेजुङ,२३ भदौ ः संसद भनेको जनताका जनप्रतिनिधि हुन उनीहरुबाट जनताले धेरै ठूलो अपेक्षा गर्ने गर्छन् । तर संसदको वास्तविक अवस्था भने कस्तो छ भन्ने ताप्लेजुङकी सांसदको व्यवहारले स्पष्ट पारेको छ । उनको क्रियाकलापले संसद पदको मर्यादामा समेत प्रश्न उठन थालेको छ ।

आफ्ना कार्यकर्तासंग सामाजिक सञ्जालको कुराकानीमा अस्लिल शव्द प्रयोग गरी संवाद गरेको आरोपमा प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीले निलम्वन गरेको छ ।

उनलाई संसदमा सिफारीस गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले सांंसद साँवालाई जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको हो।

एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।

संसद जस्तो गरीमा पदमा बसेर पनि मर्यादा विपरीत कार्य गरेकोले ३ महिनाका लागि पार्टीबाट निलम्वन गरीएको जिल्ला अध्यक्ष विजय किरातले जानकारी दिए ।संसद साँवा नेकपा जिल्ला कमिटी ताप्लेजुङकी सचिवालय सदस्य हुन ।

नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेको संयोजकत्वमा नेकपा ताप्लेजुङले ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा उनलाई कारबाही गरिएको हो ।

पार्टी स्रोतका अनुसार सांसद साँवाले आफूबाट आइन्दा यस्ता कमि कमजोरी र गल्ति नदोहोरीने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन् ।

अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले छानबिन समिति नै बनाउनु परेको थियो ।

्संसदहरुको गतिविधिले नेकपालाई संघ,प्रदेशमा समेत वदनाम गराएको छ ।

 

 

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic