सुनसरी जिल्ला भरी अव २ बजेसम्म बजार खोल्न पाउने होटल रेष्टुरेन्ट भने वन्द रहने, प्याकेजिङबाट भने विक्रि गर्न पाइने

  • भदौ २३, २०७७
  • १३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौ ः जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलवारबाट लागू हुने गरी दिउसो २ वजेसम्म बजार तथा पसल खोल्ने निर्णय गरेको छ ।

प्रशासन कार्यालयले बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको हो ।

बजार खोल्ने समय वढाउन व्यवसायीहरुको माग वढदै गएपछि २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिएकाछन् ।

जिल्ला प्रशाशन कार्यालय सुनसरीका अनुसार बजार तथा पसल २ बजेसम्म खोल्न दिने निर्णय भएपनि केन्द्र सरकारले निर्णय गरे अनुसार सैलुन, ब्युटि पार्लर, जिमहल भने खोल्न नपाइने भएको छ ।

होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने विधिमा सञ्चालन गर्न पाउने निर्णय भएको छ तर होटलमा वसेर खान भने नपाउने निर्णय भएको छ ।

चाडपर्व नजिकिदै गएकोले सावधानी अपनाउदै बजार खुल्ला गर्न उद्योग व्यापारीको माग वढदै गएपनि स्वास्थ्यका मापदण्ड भने अनिवार्य रुपमा पालन गर्न प्रशासनले निर्देशन गरेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic