सुनसरी जिल्ला भरी अव २ बजेसम्म बजार खोल्न पाउने होटल रेष्टुरेन्ट भने वन्द रहने, प्याकेजिङबाट भने विक्रि गर्न पाइने

  • भदौ २३, २०७७
  • १५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौ ः जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलवारबाट लागू हुने गरी दिउसो २ वजेसम्म बजार तथा पसल खोल्ने निर्णय गरेको छ ।

प्रशासन कार्यालयले बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको हो ।

बजार खोल्ने समय वढाउन व्यवसायीहरुको माग वढदै गएपछि २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिएकाछन् ।

जिल्ला प्रशाशन कार्यालय सुनसरीका अनुसार बजार तथा पसल २ बजेसम्म खोल्न दिने निर्णय भएपनि केन्द्र सरकारले निर्णय गरे अनुसार सैलुन, ब्युटि पार्लर, जिमहल भने खोल्न नपाइने भएको छ ।

होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने विधिमा सञ्चालन गर्न पाउने निर्णय भएको छ तर होटलमा वसेर खान भने नपाउने निर्णय भएको छ ।

चाडपर्व नजिकिदै गएकोले सावधानी अपनाउदै बजार खुल्ला गर्न उद्योग व्यापारीको माग वढदै गएपनि स्वास्थ्यका मापदण्ड भने अनिवार्य रुपमा पालन गर्न प्रशासनले निर्देशन गरेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic