जसपा धरानद्वारा राहत वितरण

  • भदौ २६, २०७७
  • १,३३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६भदौ ः जनता समाज पार्टी (जसपा) धरान नगर कमिटिले धरान क्षेत्रका अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

कोरोना भाइरसको कारणबाट रोजगार गुमाएका अति विपन्न तथा गरिब परिवारका ३ सय ३६ घर परिवारलाई राहत सामग्री वितरण गरीएको जसपा धरान नगरसमितिले जनाएको छ ।

पार्टीले धरान–७ स्थित पार्टी कार्यालयमा राहत वितरण गरेको हो तीनलाख ५० हजार बराबरको राहत सामाग्री वितरण गरिएको जसपा धरानकी बरिष्ठ उपाध्याक्ष तथा राहत सामाग्री वितरण समितिकी संयोजक बीना कुमारी राईले जानकारी दिइकी छन ।

राईका अनुसार प्रतिव्यक्ति २० किलोको १ बोरा चामल वितरण गरिएको थियो ।

रोजगारी गुमाएका यातायात मजदुर तथा अन्य क्षेत्रका प्रभावित विपन्न परिवारलाई वडा समितिको सिफारीसमा २० वटा वडाका विपन्न परिवारलाई राहत वितरण गरीएको जसपाका नगर अध्यक्ष ताजुव लिम्वुले जानकारी दिए ।

संकलित राहत सामाग्री जसपाका बरिष्ठ नेता अशोक राईको उपस्थितिमा वितरण गरिएको थियो ।

नेपाली समाज अमेरिकाको आर्थिक सहयोग र जसपा धरान नगरसमितिको पहलामा राहत वितरण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिएका छन ।

जसपाले धरान नगरपालिकाले सञ्चालन गरेको फुड वैंकमा १ हजार केजी चामल जम्मा गरेको थियो ।आवस्यक परेमा थप राहत सामाग्री वितरण संकलन गरीने र वितरण गरीने समेत लिम्वुले जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic