जसपा धरानद्वारा राहत वितरण

  • भदौ २६, २०७७
  • १,३६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६भदौ ः जनता समाज पार्टी (जसपा) धरान नगर कमिटिले धरान क्षेत्रका अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

कोरोना भाइरसको कारणबाट रोजगार गुमाएका अति विपन्न तथा गरिब परिवारका ३ सय ३६ घर परिवारलाई राहत सामग्री वितरण गरीएको जसपा धरान नगरसमितिले जनाएको छ ।

पार्टीले धरान–७ स्थित पार्टी कार्यालयमा राहत वितरण गरेको हो तीनलाख ५० हजार बराबरको राहत सामाग्री वितरण गरिएको जसपा धरानकी बरिष्ठ उपाध्याक्ष तथा राहत सामाग्री वितरण समितिकी संयोजक बीना कुमारी राईले जानकारी दिइकी छन ।

राईका अनुसार प्रतिव्यक्ति २० किलोको १ बोरा चामल वितरण गरिएको थियो ।

रोजगारी गुमाएका यातायात मजदुर तथा अन्य क्षेत्रका प्रभावित विपन्न परिवारलाई वडा समितिको सिफारीसमा २० वटा वडाका विपन्न परिवारलाई राहत वितरण गरीएको जसपाका नगर अध्यक्ष ताजुव लिम्वुले जानकारी दिए ।

संकलित राहत सामाग्री जसपाका बरिष्ठ नेता अशोक राईको उपस्थितिमा वितरण गरिएको थियो ।

नेपाली समाज अमेरिकाको आर्थिक सहयोग र जसपा धरान नगरसमितिको पहलामा राहत वितरण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिएका छन ।

जसपाले धरान नगरपालिकाले सञ्चालन गरेको फुड वैंकमा १ हजार केजी चामल जम्मा गरेको थियो ।आवस्यक परेमा थप राहत सामाग्री वितरण संकलन गरीने र वितरण गरीने समेत लिम्वुले जानकारी दिएकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic