२० जना युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश

  • भदौ २८, २०७७
  • ९२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भदौ ः धरानमा विभिन्न पार्टीमा रहेका युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेकाछन् ।

अन्य पार्टी परित्याग गरी २० जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेको जसपाले जनाएकोछ ।

शनिवार धरान १५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा चन्द्र सोताङ, जगत घताने, शिव इस्बो, श्यामकुमार श्रेष्ठ, श्री कुमार श्रेष्ठ, बसन्ती श्रेष्ठ, रामप्रसाद राई, हरेन्द्र बिक, दिलकुमार लिवाङ, गंगा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, बिस्ना लिम्बु, बिनोद राई, तेज इस्बो, रुपेश इस्वो, सोममाया लिम्बू, चन्द्रकला श्रेष्ठ, दवा शेर्पा, ज्ञानबहादुर राई रहेको जसपाले जनाएको छ ।

वरिष्ठ नेता अशोक राईले पार्टी बैकल्पिक शक्तिको रुपमा स्थापित गर्न र सांगठनिक रुपमा थप मजबुत बनाएर लैजानको लागि सबैेले एकढिक्का भएर दत्तचित्त भएर लाग्नुपर्नेमा जोडदिएका थिए ।

तेस्रो शक्ति भए पनि पर्याप्त नभएको बताउदै चुनाब नजिकै आईसकेकोले सबै तयारी अवस्थामा रहनुपर्ने उल्लेख गरेका थिए ।

पार्टी प्रवेश पश्चात चन्द्र सोताङले आफु यसअघि वाइसीएलको इन्चार्ज समेत भएको बताएका थिए । उनले अन्य पार्टीबाट जनता सन्तुष्ट नभएकोले जसपाले जनताको पक्षमा काम गर्नुपर्नेमा जोडदिएका थिए ।

संघीय समाजवादी पार्टी गठनको समयमा निकै आसलाग्दो भएपनि पछिल्लो समयमा दुइ पार्टीबीच एकिकरण पछि वनेको जनता समाजवादी पार्टी भएपछि भने संगठन कमजोर वन्दै गएकोले संगठन विस्तारमा पार्टी लाग्न लागेको छ ।

गत मंसिर १४ गते सम्पन्न धरान उपमहानगरपालिकाको निर्वाचनमा जनता समाजवादी चौथो स्थानमा सीमित वनेको थियो भने १ हजार भन्दा कम मत ल्याएको थियो ।

पार्टी संगठनलाई चलायमान वनाउदै आक्रामक रुपमा जसपा लागेको छ । यस अघि झापामा पनि निकै ठूलो संख्यामा पार्टी प्रवेश गराएको थियो ।

जसपा वैकल्पिक शक्तिको रुपमा आफूलाई स्थापित गराउन अभियानकै रुपमा अघि वढेको छ ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic