२० जना युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश

  • भदौ २८, २०७७
  • ९०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भदौ ः धरानमा विभिन्न पार्टीमा रहेका युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेकाछन् ।

अन्य पार्टी परित्याग गरी २० जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेको जसपाले जनाएकोछ ।

शनिवार धरान १५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा चन्द्र सोताङ, जगत घताने, शिव इस्बो, श्यामकुमार श्रेष्ठ, श्री कुमार श्रेष्ठ, बसन्ती श्रेष्ठ, रामप्रसाद राई, हरेन्द्र बिक, दिलकुमार लिवाङ, गंगा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, बिस्ना लिम्बु, बिनोद राई, तेज इस्बो, रुपेश इस्वो, सोममाया लिम्बू, चन्द्रकला श्रेष्ठ, दवा शेर्पा, ज्ञानबहादुर राई रहेको जसपाले जनाएको छ ।

वरिष्ठ नेता अशोक राईले पार्टी बैकल्पिक शक्तिको रुपमा स्थापित गर्न र सांगठनिक रुपमा थप मजबुत बनाएर लैजानको लागि सबैेले एकढिक्का भएर दत्तचित्त भएर लाग्नुपर्नेमा जोडदिएका थिए ।

तेस्रो शक्ति भए पनि पर्याप्त नभएको बताउदै चुनाब नजिकै आईसकेकोले सबै तयारी अवस्थामा रहनुपर्ने उल्लेख गरेका थिए ।

पार्टी प्रवेश पश्चात चन्द्र सोताङले आफु यसअघि वाइसीएलको इन्चार्ज समेत भएको बताएका थिए । उनले अन्य पार्टीबाट जनता सन्तुष्ट नभएकोले जसपाले जनताको पक्षमा काम गर्नुपर्नेमा जोडदिएका थिए ।

संघीय समाजवादी पार्टी गठनको समयमा निकै आसलाग्दो भएपनि पछिल्लो समयमा दुइ पार्टीबीच एकिकरण पछि वनेको जनता समाजवादी पार्टी भएपछि भने संगठन कमजोर वन्दै गएकोले संगठन विस्तारमा पार्टी लाग्न लागेको छ ।

गत मंसिर १४ गते सम्पन्न धरान उपमहानगरपालिकाको निर्वाचनमा जनता समाजवादी चौथो स्थानमा सीमित वनेको थियो भने १ हजार भन्दा कम मत ल्याएको थियो ।

पार्टी संगठनलाई चलायमान वनाउदै आक्रामक रुपमा जसपा लागेको छ । यस अघि झापामा पनि निकै ठूलो संख्यामा पार्टी प्रवेश गराएको थियो ।

जसपा वैकल्पिक शक्तिको रुपमा आफूलाई स्थापित गराउन अभियानकै रुपमा अघि वढेको छ ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic