आजको मन्त्री परिषद वैठकमा वामदेव र कुलमानबारे निर्णय हुने

  • भदौ २९, २०७७
  • १,७०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

काठमाडौ,२९ भदौ ः आजको मन्त्री परिषद वैठकबाट सर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल कम्युनिष्ट पार्टीिका उपाध्यक्ष वामदेव गौतमलाई राष्टिय सभामा लैजाने विषयमा निर्णय गर्ने वुझिएको छ ।

गौतमलाई राष्ट्रिय सभामा लैजाने यस अघि नै नेकपा केन्द्रीय समितिले सिफारी गरीसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीको भनाई रहेको छ ।

कुलमान घिसिङ दोस्रो कार्यकालका लागि विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव ऊर्जा मन्त्रालयले लैजाने तयारी गरेको छ।

घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर आइतबार प्राधिकरणबाट बिदा भएका छन्। दुवै नियुक्तिबारे प्रधानमन्त्री ओली व्यक्तिगत रुपमा इच्छुक नभएपनि पार्टी निर्णय र दबाबका कारण बाध्य हुने संभावना रहेका छन्।

बामदेवलाई राष्ट्रिय सभामा लैजाने विषयमा देशभर विरोध भएपनि कुलमानलाई पुन दोहो¥याउनु पर्ने विषयमा मुलुकभर तथा सामाजिक सञ्जालमा दवाव परेको थियो ।

गौतमको विरोध र कुलमानको समर्थनको वावजुद सरकारले दुवैको पक्षमा निर्णय गर्ने स्रोतको दावी रहेको छ ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic