कुलमान नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमै लगिएन ओलीका साला पर्नेलाई नियुक्तिको तयारी

  • भदौ ३०, २०७७
  • १,२८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भदौ ःसर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लाई पुर्न दोहोर्याउने चर्चा देशभर चलिरहदा सोमवार वसेको मन्त्री परिषद वैठकले भने प्रस्ताव नै पेस गरेन् ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्यि सभामा पठाउनको लागि निर्णय गर्ने र कुलमानलाई पुर्न कार्यकारी निर्देशकमा नियुक्ति गर्ने अपेक्षा आम नेपालीले गरेका थिए ।

सोमवारको मन्त्रीपरिषद वैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै गएन।

भदौ २८ गते कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि प्राधिकरणको प्रवन्ध निर्देशक पद खाली छ।बैठकले कुलमानलाई नै पुन नियुक्ति गर्ने अड्कल गरिएको थियो। उनलाई सरकारले फेरि चार वर्षका लागि नियुक्त गर्छ गर्दैन भन्ने विषय चासोका साथ हेरिएको थियो।

प्रधानमन्त्री केपी ओलीले कुलमानबारे प्रस्ताव नल्याउन भनेपछि उनको नियुक्तिको प्रस्ताव रोकिएको ऊर्जा मन्त्रालय स्रोतको दाबी छ।

कुलमानलाई प्राधिकरणको प्रवन्ध निर्देशक पुन नियुक्ति गर्ने नगर्ने विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिँदै आएको थियो। प्रधानमन्त्री केपी ओली सुरूदेखि नै कुलमानलाई नियुक्ति नदिने पक्षमा थिए भने अर्का अध्यक्ष प्रचण्ड नियुक्ति दिनुपर्छ भन्ने पक्षमा थिए।

ओली र प्रचण्डबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईलाई र घिसिङलाई प्राधिकरणमा नियुक्त गर्ने गरी समझदारी बनेको नेकपाभित्र कतिले दाबी गरेका थिए।

राईलाई अहिले अख्तियारको आयुक्तमा नियुक्त गर्ने र छ महिनापछि प्रमुख आयुक्त बनाउने पक्षमा प्रधानमन्त्री ओली छन्।ओलीनिकट राईलाई अख्तियारमा लैजाने विषयमा अध्यक्ष प्रचण्डको विमति राख्दै आएकाछन् ।

राम्रो काम गरिरहेको व्यक्तिलाई फेरि नियुक्ति नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै कुनलमानलाई दोहोर्‍याउन प्रचण्डले आग्रह गरेको स्रोतले बतायो।

ओलीले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो सालो पर्नेलाई नियुक्ति गर्नको लागि तयारी गरीरहेको स्रोतले वताएको छ ।

लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेले भन्दै सर्वसाधरणबीच कुलमानको लोकप्रियता बढ्दो छ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic