संविधान दिवसको अवसरमा रक्तदान एकसय प्रिन्टको लक्ष्य

  • भदौ ३०, २०७७
  • २,५०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३० भदौ ः मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते वृहत रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ ।

संविधान दिवशको अवसरमा एकेडेमीले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमको आयोजना गरीएको एकेडेमीका धरान उपमहानगर अध्यक्ष प्रसान्त पाठकले जानकारी दिए ।

कार्यक्रमको आयोजना असोज ३ गते धरान स्थित लोकतान्त्रिक चौतारीमा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रमको समेत तयारी भइरहेको एकेडेमीका धरान नगर समिति अध्यक्षले बताए ।उनले कार्यक्रमबाट १सय प्रिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको समेत पाठकले वताए ।

कार्यक्रमको प्रमुख अतिथी नेकपा प्रदेश १ कमीटीका अध्यक्ष देवराज घिमिरे रहने उनले जानकारी दिए ।

उक्त अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हातेमालो फाउण्डेशनका चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परामर्श पनि दिइने भएको छ ।

नेपाली जनताले बनाएको संविधान जारी भएको दिनको सम्झनामा धरानको भानुचौंकमा साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम समेत आयोजना हुने पाठकले थप जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic