विपी प्रतिष्ठान धरानका भूपू उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्दा दायर झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको दावी

  • भदौ ३०, २०७७
  • २,५२६ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं,३० भदौ ः वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा. बलभद्र प्रसाद दासले झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार डा दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा दायर गरेको हो । डा. बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसामात्र रहेको आयोगको ठहर छ ।

तर डा। दासले सोही अवधिभित्र। १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको पुष्टि हुन आएको दावी गर्दै आयोगले वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसाको खर्च तथा लगानीको स्रोत खुल्न नआएको भन्दै मुद्दा दायर गरेको हो ।

डा. दासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी पत्नी पुनम दासको नाममा समेत राखेको भन्दै आयोगले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पुनम दासलाई समेत प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic