संविधान दिवसको अवसरमा सभामुख भण्डारी द्धारा शुभकामना व्यक्त

  • असोज ३, २०७७
  • ११,७३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोज ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाले शनिवार एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गर्नु भएको हो ।

जननिर्वाचित प्रतिनिधीहरुद्धारा संविधान सभाबाट देशको मूल कानून निर्माण गर्ने सात दशक लामो नेपाली जनताको जनआकांक्षाले २०७२ आश्विन ३ गते पुर्णता पाएका हो उहाले उल्लेख गर्नु भएको छ ।

संविधान दिवसका अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट लोकतन्त्र, मानवाधिकार, दिगो शान्तिको स्थापना गर्दै सुशासन, समृद्धि तथा विकासको आकांक्षालाई पुरा गर्ने आम नेपाली जनचाहनालाई साकार पार्न विभिन्न कालखण्डमा हुँदै आएका संघर्ष, आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरुलाई स्मरण गर्दै हार्दिक सम्मान व्यक्त गर्दछु, शुभकामना पत्रमा उल्लेख गरीएको छ ।

predesh sabha copy

लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न पारस्परिक एकता सहिष्णुता, सहकार्य कायम गर्दै अगाडी बढ्नु आजको महत्वपूर्ण आवश्यकता रहेको सभामुख भण्डारीले उल्लेख गर्नुभएको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, जनतामा निहित सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने साझा सङ्कल्प बोकेको वर्तमान संविधान भएको वताइएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको साझा लक्ष्य तर्फ बढेको हाम्रो यात्रालाई गन्तव्यमा पु¥याउन यस संविधान दिवसले हामी सबैलाई एकताबद्ध भई अगाडी बढ्न प्रेरणा दिनेछ भन्ने विश्वास समेत उहाले लिनुभएको छ ।

लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा प्रबद्र्धन, राष्ट्रिय हित, एकता र सामाजिक आर्थिक विकासलाई तिब्रता दिदै समृद्ध राष्ट्र निर्माणको अभिभारालाई सम्पन्न गर्न सबै राजनितिक दल, राज्यका सबै अङ्ग, जनप्रतिनिधीमूलक संस्थाहरु एवंम् आम नगारिकहरुलाई सवैधानिक मूल्य र मान्यता सहित क्रियाशिल रहन प्रेरणा मिलोस भन्ने कामना समेत उहाले व्यक्त गर्नुभएको छ ।

ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्दै संविधानले सुम्पिएको राष्ट्रिय हित, एकता, विकास र समृद्धिको गहन जिम्मेवारीलाई आ–आफ्नो क्षेत्रबाट पुरा गर्न सबै प्रदेशवासीमा हार्दिक आव्हान समेत गर्नुभएकोछ ।

स्वदेश तथा विदेशमा रहुनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुमा सुख, शान्ति, प्रगति का साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्ष सहकार्य, एकता एवंम् आपसी सद्भावको भावना विकास हुन सकोस भनि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ

 

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic