लकडाउन पछिको पहिलो पटक यात्रु बोकेर हवाईजहाज विराटगनर आइपुग्यो

  • असोज ५, २०७७
  • १,८३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोजः लकडाउन शुरुभएदेखि वन्द रहेको आन्तरिक हवाई उडान सोमवारबाट शुरु भएको छ ।

विगत ६ महिनापछि वन्द रहेको रहेको हवाई उडान पहिलोपटक यात्रु बोकेर सोमवार विराटनगर अवतरण गरेको हो ।

नेपाल सरकारले असोज ५ गतेबाट आन्तरिक उडानलाई स्वीकृति दिएसँगै काठमाडौबाट दिउँसोसम्म विराटनगरका लागि दुईवटा उडान भएका हुन् ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय प्रमुख उत्सव खरेलका अनुसार पहिलोदिन बुद्ध एयरले ३ र यति एयरले २ गरि ५ उडान भर्नेछन् ।

कार्यालय प्रमुख खरेलका अनुसार विहान पहिलो उडानका क्रममा बुद्ध एयर अवतरण गरेसंगै केही समय मौषम खराब हुदाँ विमानस्थल बन्द गरिएको थियो।

मौषममा सुधार आएसंगै दोस्रो उडानमा क्रममा यति एयर विराटनगर आएको उनले बताए । त्यसैगरि, विहान नेपाली सेनाको विमान समेत आएको कार्यालयले जनाएको छ।

सोमबार बेलुकासम्म थप ३ वटा गरि विमानस्थल खुलेको पहिलोदिन कुल ५ वटा उडान हुने खरेलले बताए। ७० सिट क्षमताको विमानको पहिलो उडानका क्रममा बुद्धबाट ६१ जना यात्रु काठमाडौं गएका छन् ।

यात्राका लागि सामाजिक दूरी, सेनेटाइजिङ्ग र मास्कको प्रयोग अनिवार्य गराएको वुद्ध एयरकी कर्मचारी मनिषा श्रेष्ठले जानकारी दिएकीछिन् ।अव उडान नियमित रुपमा सञ्चालन गरीने भएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic