लकडाउनले समस्यामा परेकी महिलालाई ४ वटा बाख्रा सहयोग लकडाउनको पीडा

  • असोज ५, २०७७
  • १७,८७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोज ः लकडाउनका कारण खान वस्न नै समस्या भोगीरहेकी एक महिलालाई विभिन्न सहयोगी मनहरुले सहयोग गर्न थालेकाछन् ।

उच्च रक्तचाप तथा मधुमेहबाट ग्रसित धरान ५ कि ५७ वर्षीय आसा राईलाई सहयोगी मनहरुले सहयोग गर्न थालेका हुन् ।

धरान ५ देउराली निवासी ५७ वर्षीया आशा राईको एउटा घुँडा समेत चल्दैन । अनेक दुःख जिलो गरेर जीवन यापन गर्दै आएकी उनले पहिला जसोतसो जीवन चलाएकी थिइन तर लकडाउन पछि खान बस्न नै गाह्रो भएकोले सहयोगको अपिल गरेकी थिइन् ।

जीविकोपार्जनमा समस्या भएकोले उनलाई तत्काल केही खानेकुराको व्यवस्था भएकोले गरीखानको लागि स्रोत जुटाई दिने उदेश्यले नेपाली कांग्रेस धरान नगर सचिव युवराज शङ्करको पहलमा नेपाली कांग्रेस सम्बद्ध युवा संगठन तरुण दल क्षेत्र नं १ का उपसभापती तथा विश्वकर्मा यूवा समाज धरानका सल्लाहकार मिलन शंकरले १४ हजार बराबरको ४ वटा बाख्रा सहयोग गरेका छन् ।

मिलन शंकरले आफ्ना नजिकका साथी र आफुले व्यक्तिगत रूपमा सहयोग जुटाए राईलाई सहयोग गरेको वताएकाछन् ।

राईलाई उनले यसअघि पनि ब्यक्तिगत जीविकोपार्जनका लागि ६ हजार रुपैयाँ सहयोग गरेका थिए ।

बाख्रा पालेर सोही क्षेत्रको आम्दानीले गुजारा चलाउदै आएकी आशाले लामो समयको लकडाउनका कारण बाख्रा बेचेर जिविको पार्जन गर्दै आएकी थिइन् ।

गरीखाने स्रोतको रुपमा पूजीको रुपमा वाख्रा किनेर दिएको मिलनको भनाई रहेको छ । उनले यसबाट उनलाई गरीखाने र आम्दानीको स्रोतको लागि वाख्रा किनेर आम्दानी गर्न सहजताका लागि यस्ता खाले सहयोग गरेको मिलनले उल्लेख गरेकाछन् ।

श्रीमानको १४ वर्ष पहिले नै निधन भएको थियो । एक छोराको पनि २ वर्ष अगाडि मृत्यु भएपछि उनि एक्लै देउरालीमा भाडामा बस्दै आएकी थिइन् ।

भाडा तिर्न नसकेपछि घरवालाले ३ महिनाको भाडा छुट गरि निकाली दिएपछि उनी विवाहित छोरीकोमा सहारा लिएर बसेकी छन् ।

छोरीको पनि वस्नको लागि समस्या भएपछि उनले सहयोगको लागि अपिल गरेकी थिइन । उनलाई सहयोग लागी धरान ७ निवासी रीता राईले पहल गर्दै आएकी छन् ।

आसा राई त समाजको एक प्रतिनिधि पात्र मात्र हुन । उनी जस्तै थुप्रैलाई यस्तै समस्या नित्याउदै आएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic