देशव्यापाी आन्दोलन गर्ने जनजाति संघको चेतावनि

  • असोज ६, २०७७
  • १०,०८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असोज ः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्न कुलमान घिसिङलाई नियुक्ति नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनि नेपाली कांग्रेसको जातीय संगठन नेपाल आदिवासी जनजाति संघले दिएको छ ।

संघका प्रदेश १ संयोजक नन्दराज राईले मंगलवार सुनसरीको धरानमा आयोजित विरोध सभामा वोल्दै सो चेतावनि दिएका हुन् ।

सरकारले कुलमान घिसिङलाई पुर्न कार्यकारी निर्देशक वनाउने आफ्नो मागलाई वेवास्ताा गरे देशभर आन्दोलन चर्काउने चेतावनि दिदै त्यसबाट पर्ने क्षतिको जिम्मेवारी स्वयम सरकारले लिनु पर्ने उल्लेख गरेकाछन् ।

मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको अवस्थाबाट चौविसै घण्टा विजुली आउने वर्तमान अवस्था कुलमानले ल्याएकोले जनताको हितमा काम गर्नेलाई अवसर दिन उनले माग गरेकाछन् ।

उनले चुनाव हारेकालाई राष्ट्रिय सभामा लानका लागि कानुन संशोधन गर्न सक्ने सरकारले जनताको हितका काम गर्नेलाई काममा लगाउने निर्णय गर्नसक्नुपर्नेमा उनको जोडथियो ।

पहिले अवौ रुपैया घाटामा रहेको विद्युत प्राधिकरणलाई ४ वर्षको अवधिमा उनले ११ अर्व रुपैया नाफा लान सफल भएको वताउदै यस्तो योजना र क्षमता भएको व्यक्तिलाई पुन अवसर दिएर जनताको भावनाको सम्मान गर्न उनले आग्रह गरेकाछन।

देशभर कुलमानको नियुक्तिको माग भएकोले जनभावनाको सम्मान गर्नको लागि पनि नियुक्तिको विकल्प नभएको उनको भनाई थियो ।

कुलमानलाई पुर्न नियुक्तिका लागि सामाजिक सञ्जाल देखी सडकसम्म देशका विभिन्न स्थानमा आन्दोलन जारी रहेको छ । यस अघि धरानमा पनि विभिन्न पार्टी र संगठनहरुले कुलमानको पुर्ननियुक्तिको दवावका लागि आन्दोदलन गरीसकेकाछन् ।

सोही कार्यक्रममा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस धरानका इकाई कमिटीका वरिष्ठ उपाध्यक्ष तथा स्ववियू सचिव दोर्ची शेर्पाले कुलमानको विपक्षमा सरकार गए मुलुकले ठूलो क्षति व्यहोनु पर्ने चेतावनि समेत दिएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic