भोजपुरमा काङ्ग्रेस छोडदै नेकपामा प्रवेश गर्दै

  • असोज ७, २०७७
  • २,८०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असोज ः यतिवेला मुलुकका विभिन्न ठाउमा चुनावको झल्को दिने गरी मुलुकभर नेकपा,कांग्रेस र समाजवादी पार्टीमा प्रवेश गर्ने र छोडनेक्रम तिव्र वनेको छ ।

भोजपुरको अरुण गाउँपालिका–४ स्थित चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरि दुई दर्जन बढी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

वडा पार्टीले सोमवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिका कमिटीले जनाएको छ ।

पार्टी प्रवेश गर्नेहरुमा ताराकुमार तामाङ, अर्जुनकुमार राई, देवबहादुर मगर, सुमन नेपाली, हेमराज परियार, पुष्पराज सुन्दास, सविन थापा, कालीबहादुर तामाङ, गणेश बहादुर विक, देवीबहादुर दर्जी, वालकुमारी विक, चित्र प्रधान, लेखत जंग राई रहेकाछन् ।

त्यस्तै अन्य प्रवेशीहरुमा खेत महत,दीपक तामाङ,बालकुमार महत, ज्ञानेन्द्र तामाङ,दलबहादुर दर्जी, प्रेम बहादुर तामाङ, दिलबहादुर तामाङ, जस बहादुर तामाङ, भरत तामाङ, बलबहादुर तामाङ,रविन थापा छन् ।

नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य, भोजपुर इन्जार्च तथा संघिय सांसद सुदन किराँतीले खादा ओडाएर पार्टीमा स्वागत गरेका गरेका थिए ।

यतिवेला भोजपुर र खोटाङ चुनावी झल्को दिने गरी पार्टी प्रवेशका कार्यक्रहरु भइरहेकाछन् ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic