सहकारीको ऋण लगानीमा ब्याजदर निर्धारण

  • असोज ८, २०७७
  • १,४७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ ,७ असोज ः सहकारीहरुले मनपरी व्याजदर निर्धारण गरी लगानी गरीरहेको अवस्थामा सहकारी विभागले लगानीको व्याजदर निर्धारण गरेको छ ।

विभागले सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको छ ।

विभागका रजिष्ट्रार डा टोकराज पाण्डेका अनुसार ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी ऋण र बचतको व्याजदरको अन्तर छ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ व्याजदर तोकिएको छ ।

गत वर्षको श्रावण १९ गतेदेखि सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १६ प्रतिशत कायम थियो ।

सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन भएको थियो ।

ऐन तथा नियमावलीको व्यवस्था बमोजिम ब्याजदर निर्धारण भएको छ ।

सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम समितिले सन्दर्भ व्याजदर निर्धारण गर्दा वचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घको औसत व्याजदर, सहकारी बैङ्कको औसत ब्याजदर, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानूनबमोजिम “क” वर्गको इजाजत प्राप्त बैंकको औसत ब्याजदरलाई हरेर नयाँ ब्याजदर कायम गरिएको थियो ।

सन्दर्भ ब्याजदर तोक्ने कामको अलावा विभागले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic