जनताको आवस्यकता र अपेक्षा अनुसार काम गर्न प्रतिवद्ध छु– सभामुख भण्डारी

  • असोज १२, २०७७
  • १,३८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले आफु जनताका आवश्यकता, चाहना र अपेक्षा अनुरुप विकास निर्माणका कार्यहरु अगाडी बढाउन सदैव प्रतिबद्ध रहेको बताउनु भएको. छ ।

सुनसरीको धरान–६ स्थित माथिल्लो पानवारी सयपत्री चौक नजिकबाट राजारानी जोड्ने कालोपत्रे सडक निर्माण कार्यको सोमवार शिलान्यास गर्नु हुँदै भण्डारीले सो कुरा बताउनु भएको हो ।

44

सभामुख भण्डारीले आफ्नो क्षेत्रमा हुँदै गरेका विकास निर्माणका कार्यहरुमा स्थानीय नागरिकहरुको सहकार्य, समन्वय र चाँसो आवश्यक रहेको उल्लेख गर्दै जनताको सहभागिताको चाँसोले विकास निर्माणको कार्यको गुणस्तरियता वृद्धि गर्न समयमा नै काम सम्पन्न गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

प्रदेश सरकारको सहयोगमा १ एक करोड १८ लाख ५३ हजार ८ सय ४८ रुपैयाको लागतमा निर्माण हुने सो कालो पत्रे सडक आगामी जेष्ठ २३ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ । करिव २ किलोमिटर (१७५५ मिटर) सडक निर्माणको जिम्मा पुजा निर्माण सेवा धरान १५ ले पाएको छ । 

धरान वार्ड नं. ६ का वडाध्यक्ष भुवन सिं बस्नेतको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य एवंम् जिल्ला कमिटी सुनसरी सचिव रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य मुक्साहाङ्ग मेन्याङ्वो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य एवंम् धरान नगर ईञ्चार्ज अईन्द्र विक्रम बेघा, जिल्ला कमिटी सदस्य एवंम् धरान नगर ईञ्चार्ज फोक्वाहाङ्ग मेन्याङ्वो (चोत्लुङ्ग), नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र समिति सुनसरी १(क) सभापती धनबहादुर कटुवाल, सडक निर्माण सहयोग समितिका सदस्यहरु, स्थानीय जनप्रतिनिधी एवंम् राजनितिक दलका प्रतिनिधीहरु, लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

final 33 1

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic