धरान राउण्ड टेवल २६मा आशिष अग्रवाल

  • असोज १३, २०७७
  • ६,९८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोज ःराउण्ड टेवल नेपाल अन्र्तगतको धरान राउण्ड टेवल २६ को तेस्रो साधारण सभाले आशिष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमवार होटल गजुर प्यालेसमा भएको तेस्रो साधारण सभाले नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस कृष्णकुमार अटल,अग्रिम खेतान,शेङ्की अग्रवाल चयन भएकाछन् ।समितिमा जम्मा १८ जना सदस्य रहेकाछन् ।समितिले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको छ ।

निवर्तमान अध्यक्ष लक्ष्मीकान्त वियानी (एलके)का अनुसार संस्थाले दुर्गम क्षेत्रमा रहेका सरकारी विद्यालयहरुमा आर्थिक भौतिक सहयोग गर्दै आएको छ ।

संस्थाले विगत ३ वर्षदेखि धरान १७ को सम्यक शिक्षा आधारभूत विद्यालय,धरान–१ को सरस्वति आधारभूत विद्यालय र धरान– ११ को अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयलाई सहयोग गर्दै आएको छ ।

संस्थाले विद्यार्थीलाई विद्यालयमा आर्कषित गर्ने वातावरण वनाउन भूमिका खेल्दै आएको छ । यस पटक अनन्त शिक्षा ज्योतिमा जिर्ण भएका संरचना निर्माण र शौचालय निर्माण गरेको निवर्तमान अध्यक्ष लक्ष्मीकान्त वियानी (एलके)ले जानकारी दिए ।

पढाईका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत सहयोग गर्दै आएको वियानीको भनाई रहेको छ ।

 

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic