धरान राउण्ड टेवल २६मा आशिष अग्रवाल

  • असोज १३, २०७७
  • ६,९२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोज ःराउण्ड टेवल नेपाल अन्र्तगतको धरान राउण्ड टेवल २६ को तेस्रो साधारण सभाले आशिष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमवार होटल गजुर प्यालेसमा भएको तेस्रो साधारण सभाले नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस कृष्णकुमार अटल,अग्रिम खेतान,शेङ्की अग्रवाल चयन भएकाछन् ।समितिमा जम्मा १८ जना सदस्य रहेकाछन् ।समितिले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको छ ।

निवर्तमान अध्यक्ष लक्ष्मीकान्त वियानी (एलके)का अनुसार संस्थाले दुर्गम क्षेत्रमा रहेका सरकारी विद्यालयहरुमा आर्थिक भौतिक सहयोग गर्दै आएको छ ।

संस्थाले विगत ३ वर्षदेखि धरान १७ को सम्यक शिक्षा आधारभूत विद्यालय,धरान–१ को सरस्वति आधारभूत विद्यालय र धरान– ११ को अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयलाई सहयोग गर्दै आएको छ ।

संस्थाले विद्यार्थीलाई विद्यालयमा आर्कषित गर्ने वातावरण वनाउन भूमिका खेल्दै आएको छ । यस पटक अनन्त शिक्षा ज्योतिमा जिर्ण भएका संरचना निर्माण र शौचालय निर्माण गरेको निवर्तमान अध्यक्ष लक्ष्मीकान्त वियानी (एलके)ले जानकारी दिए ।

पढाईका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत सहयोग गर्दै आएको वियानीको भनाई रहेको छ ।

 

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic