उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय मंसिर ११ र १२ गते काठमाडौंमा हुने

  • असोज १६, २०७७
  • २,७६८ पटक पढिएको
  • छाल खबर
alt

  छाल खवर

धरान,१६ असोज ः कोरोना महामारीका कारण दुइ पटक स्थगन भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को साधारणसभा तेस्रो पटकका लागि तय भएको छ ।

महासंघको तेस्रो पटकका लागि तय भएको साधारण सभाको मिति मंसिर ११ र १२ गतेका लागि तय गरीएको छ ।

महासंघको साधारण सभा काठमाण्डौमा गर्नको लागि स्थान तय गरीएको महासंघले जनाएको छ । विहिवार बसेको कार्यकारी समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई सदर गर्दै मंसिर ११ र १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

महासंघकी अध्यक्ष भवानी राणाले यसअघि पदाधिकारी बैठकले गरेको सिफारिस तथा चुनावको मोडालिटीलाई नै अनुमोदन गरेको जानकारी दिएकीछिन् ।

राणाका अनुसार एक पटकमा २५ जना भन्दा बढी भेला नभई र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरी निर्वाचन गर्न सकिने भन्दै सरकारले अनुमति दिइसकेको छ।

पहिलो चरणमा २०७६ चैत २८ र २९ का लागि तय गरीएको साधारण सभा कोभिडका कारण स्थगित भएको थियो । दोस्रो पटकको मिति साउन २६ र २७ गतेका लागि तय गरीएको थियो तर दोस्रो चरणमा पनि कोविडको कारण हुन हुन नसकेपछि तेस्रो मिति तय गरीएको हो । नया कार्य समिति समेत चयन हुने यो साधारण सभामा आगामी नेतृत्वका लागि हालका उपाध्

यक्षद्धय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल वनाएर चुनावी मैदानमा होमिएकाछन् । दुवैले प्यानल नै वनाएर देशव्यापी रुपमा निर्वाचन प्रचार गरीसकेकाछन् ।

हालकी अध्यक्ष भवानी राणा ढकालको पक्षमा उभिदै आएपनि पछिल्लो समय प्रधानको कित्तामा उभिदै आएको ढकाल पक्षले आरोप लगाउदै आएको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने भएकोले वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतह अध्यक्ष हुनेछन् ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic