पहिरो पीडितलाई प्रदेश सांसदको खाद्यन्न सहयोग

  • असोज १६, २०७७
  • २,७३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोज ः प्रदेश संसद उमिता वराईलीले धरान–२० का पहिरो पीडितलाई खाद्यन्न सहयोग गरेकीछन् ।

संसद वराइलीले पहिरो पीडित ७ घर परिवारलाई १ वोरा चामल,नुन तेल र ओछ्याउने म्याट वितरण गरेकी थिइन् ।

राहत वितरण पश्चात संसद बराइलीले पीडित परिवारलाई स्थायी बसोवासका लागी स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकीथिइन् ।rahat = 2

पीडितहरुका लागि विदेशमा रहेकी चन्द्रकला कोयी राईले इजरायलबाट पठाएको १० हजार रुपैया प्रतिघर ११सय रुपैयाका दरले वितरण गरीएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीले पीडित परिवारको स्थायी वसोवासका लागि पार्टीले राज्यका सवै निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ मेन्याङ्वो (चोत्लुङ) जिल्ला सदस्य तथा धरान नगर सह इन्चार्ज पदम इस्वो,जिल्ला सदस्य तथा २० नं वडाध्यक्ष मणिराम राई तथा नगर सदस्य राजमणि निरौला, १६ नं. वडा सदस्य हिरादेवी राई,११ नं वडा सदस्य किरण राई,हात्तिसार क्याम्पस धरानका स्ववियू सभापति सौरव सन्जेल लगायतको उपस्थिति रहेको थियो ।

pidit home

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic