होटल तथा पर्यटन व्यवसायी संगठित

  • असोज १८, २०७७
  • १,२९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोज ः सुनसरीको पर्यटन तथा होटल व्यवसायी संगठित वनेकाछन् ।

जिल्ला भित्रका होटल तथा पर्यटन व्यवसायीहरुको शनिवार इटहरीमा भएको भेलाले व्यवासायीहरुलाई संगठित गरेको हो ।

भेलाले इटहरीका होटल व्यवसायी ओम पाथिभरा होटलका सञ्चालक तेजबहादुर पुरीको अध्यक्षतामा समिति गठन गरेको छ ।

नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा सेछ होटल धरानका सञ्चालक तथा धरान होटल व्यवसायी समितिको महासचिव समेत रहेका बासु बराल चयन भएकाछन् ।

समितिको उपाध्यक्षमा इटहरीका प्रिमियर होटल स्कुलका सिईओ सुनिल भुषाल चयन भए भने महासचिवमा सफल पौडेल, सचिवमा धरान गजुर होटलका सञ्चालक गोपाल आचार्य र कोषाध्यक्षमा इटहरीका होटल इस्टन प्यालेसका सञ्चालक दुर्गा थापा चयन भएकाछन् ।

संघको सदस्यहरुमा इटहरीको त्रियुगा होटलकि गंगा गिरी,बसपार्कको चैनपुरे होटल सञ्चालक बाबुराम गिरी,बसपार्क राई होटल सञ्चालक सिताराम राई, खनारका टुरिस प्लालेसका सञ्चालक कृष्ण पराजुली,भेडेटारका अरुण होटलका सञ्चालक रमेश श्रेष्ठ, रामधुनीका होटल सञ्चालक विनोद चौधरी, पूर्वाञ्चल साउण्डका राजकुमार कार्की, चयन भएका छन् ।

पर्यटन क्षेत्रको समग्र विकासको लागि संघ र आफू लागि पर्ने नव निर्वाचित अध्यक्ष पुरीले प्रतिक्रिया दिएकाछन् ।

कोरोना भाईरसको कारण निकै लामो समय वन्द रहेको र आर्थिक रुपमा धराशायी वनेको होटल तथा पर्यटन व्यवसायीहरुलाई माथि उकास्नका लागि सरकारसँग समन्वय गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाईने पुरीको भनाई रहेको छ ।

आफ्नो क्षेत्रमा होटल व्यवसायीहरु संगठित वनेपनि जिल्ला तहमा भने संगठित भएका थिएनन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic