डाक्टर गोविन्द केसी र सरकारवीच आठ वुदे सहमति

  • असोज २५, २०७७
  • ९३१ पटक पढिएको
  • छाल खबर
alt

धरान,२५ असोज ः सहकारसंग आठ वुदे सहमतिपछि डा.गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् ।

आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा.केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन ।

डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो । 

kc=1 kc= 2 copy

सरकारसँग सहमति भएपछि उनी २७ औँ दिनमा अनशन तोड्न सहमत भएका हुन् ।

डा.केसी र सरकारबिच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य प्रतिष्ठानसम्बन्धी विधेयकको तीन साताभित्र सुझाबसहितको मस्यौदा तयार पार्ने, कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्ने  तथा राष्ट्रिय चिकित्सा ऐन संशोधन गर्न गठित कार्यदलको क्षेत्राधिकारभित्र सरकार र डा केसीबीच १० साउन २०७५ मा भएको सम्झौता अनुसार छुट भएका विषयलाई समेत राख्ने, स्नातकोत्तर तहको सिट विभाजनमा चिकित्सा शिक्षा आयोगको परामर्शमा पुनरावलोकन गर्ने सहमति पनि भएको छ ।

सबै सहमति कार्यान्वयन गर्ने सहमति पनि सरकार र डा.केसीबीच भएको छ।

स्वास्थ्य क्षेत्रमा परिवर्तनको माग गर्दै केसी अनसन वस्दै आएकाछन् । सरकार अनसन तोडाउन सहमति गर्ने अनि कार्यान्वयन नगर्ने कार्यलाई निरन्तरता दिदै आएको छ । यस पटकको सहमति भने कार्यान्वयन हुनेमा आसावादी हुनसकिन्छ ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic