कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव

  • असोज २५, २०७७
  • २,९०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
असोज,२५ सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

karnali-1-

karnali = 2

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाह लगायत रहेका छन् ।

नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।

कर्णाली प्रदेशसभामा रहेका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन् ।

संविधानको धारा १८८ अनुसार मुख्यमन्त्री विरुद्ध प्रदेशसभामा एक चौथाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

आफ्नै पार्टीबाट निर्वाचित मुख्यमन्त्री विरुद्ध अविस्वास प्रस्ताव दर्ता भएको प्रदेशमा यो पहिलो हो । प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चलिरहेको अवस्थामा अविस्वासको प्रस्ताव आउनुलाई अर्थपूर्ण तरीकाले हेरीएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic