उद्योग बाणिज्य महासंघको निर्वाचन काठमाडौंको तीन स्थानबाट

  • असोज ३०, २०७७
  • २,०६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३० असोज ः उद्योगी व्यापारीको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन तीन स्थानबाट हुने भएको छ ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न हुने ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन तीन स्थानमा हुन लागेको हो ।

उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुने महासंघले जनाएको छ ।

महासंघले दिएको जानकारी अनुसार १२ गते बन्द सत्र हुनेछ भने १३ गते निर्वाचन हुने महासंघले जनाएको छ।

महासंघले दिएको जानकारी अनुसार महासंघ कार्यालय टेकु,नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहलमा निर्वाचनका कार्यक्रम तय गरीएको छ ।

वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने महासंघको संशोधित विधान अनुसार महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुन लागेको हो।

कोरोना भाइरस महामारीका कारण महासंघको निर्वाचन स्थगित भइसकेको छ ।

स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ।
यस पटक भने कुनैपनि हालतमा निर्वाचन गरीने महासंघले दावी गरेको छ ।

निर्वाचनमा हालका उपाध्यक्षद्धय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको नेतृत्वमा समूह नै वनाएर निर्वाचनमा होमिएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic