सुनसरी प्रशासनद्धारा निषेधाज्ञा जारी दलीय कार्यक्रमहरु गर्न समेत निषेध

  • असोज ३०, २०७७
  • १,६१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असोज ः दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले शुक्रवार सूचना जारी गरी जिल्ला भित्र लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् ।

प्रशासनले दिएको जानकारी अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् ।

सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ ।

त्यसै गरी मन्दिर, शक्ति पिठमा नित्य पुजा बाहेक गर्न नपाइने भनिएको छ । उसले मस्जिद तथा गुम्बाहरुमा भेला जम्मा हुन नपाइनुका साथै भजन किर्तन जस्ता कार्यमा समेत रोक लगाइएको जनाएको छ ।

सुनसरीमा निषेधाज्ञाको अवधि कात्तिक १ गते देखि मंसिर ६ गते सम्म रहने प्रशासनले जनाएको छ ।

दशैको मुखमा शक्तिपीठहरुमा हुने भीडभाडका कारण कोरोना संक्रमण वढने संभावनालाई मध्यनजर गरी सुनसरी प्रशासनले निषेधाज्ञ जारी गरेको हो ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic