सुनसरी प्रशासनद्धारा निषेधाज्ञा जारी दलीय कार्यक्रमहरु गर्न समेत निषेध

  • असोज ३०, २०७७
  • १,६४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असोज ः दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले शुक्रवार सूचना जारी गरी जिल्ला भित्र लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् ।

प्रशासनले दिएको जानकारी अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् ।

सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ ।

त्यसै गरी मन्दिर, शक्ति पिठमा नित्य पुजा बाहेक गर्न नपाइने भनिएको छ । उसले मस्जिद तथा गुम्बाहरुमा भेला जम्मा हुन नपाइनुका साथै भजन किर्तन जस्ता कार्यमा समेत रोक लगाइएको जनाएको छ ।

सुनसरीमा निषेधाज्ञाको अवधि कात्तिक १ गते देखि मंसिर ६ गते सम्म रहने प्रशासनले जनाएको छ ।

दशैको मुखमा शक्तिपीठहरुमा हुने भीडभाडका कारण कोरोना संक्रमण वढने संभावनालाई मध्यनजर गरी सुनसरी प्रशासनले निषेधाज्ञ जारी गरेको हो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic