सांसदबाट राजीनामा दिने तयारीमा– वामदेव

  • असोज ३०, २०७७
  • १,६६६ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौ, ३० असोज ः शक्ति र सत्ता भन्दा बाहिर वस्न नसक्ने नेताको पदवी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ष्ट्रिय सभाको सदस्य भएको दुइमहिना पनि वित्न नपाउने राजीनामा दिने मनस्थितिमा पुगेकाछन् ।

राष्ट्रिय सभाको संसद भएर पहाडै खसाल्ने सपना वुनेका गौतमले महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने सपना मनभरी सजाएर संसद वनेका थिए ।

उनले अर्थ या गृह मन्त्री वन्ने खुवाप देखेका थिए । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले महासचिव विष्णुपौडेललाई अर्थ मन्त्री नियुक्त गरेपछि गौतमको सपनामा तुषारापात भएको छ ।

गौतमले गृहमा समेत आखा लगाएका थिए त्यसमा पनि रामबहादुर थापालाई नहटाउने संकेत वुझेपछि गौतम राष्ट्रिय सभाबाट राजीनामा दिने मनासायमा पुगेको स्रोतको दावी रहेको छ ।

उपप्रधानमन्त्री इश्वर पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चलाउने गरी लगिएपछि झन गौतमलाई थप तनाव भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेलले ईश्वर पोखरेललाई बधाई दिदै मन्त्रिपरषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गरेको उल्लेख गरेका छन्। सरकारमा ओलीको सम्पूर्ण काममा ईश्वर पोखरेलले सहयोग गर्ने देखिएको छ ।

उनले अदालतमा विचाराधीन मुद्दा जितेरै आएपनि सरकारमा जाने ठाउँ खाली छैन । उनले चाहेको अर्थमन्त्री छिमेकी विष्णु पौडेलले पाइसके ।

वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले असोजको पहिलो साता वामदेवविरुद्ध हालेको मुद्दाको किनारा लागेको छैन ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईले तत्कालका लागि वामदेव सरकारमा जान नमिल्ने गरी अन्तरिम आदेश जारी गरेका छन् ।

यो मुद्दा हेर्न गठित संवैधानिक इजलाशले दशैंयता किनारा नलगाउने निश्चित भइसकेको छ । मुद्दा तामेलीमा राखेर वामदेवलाई रोकेको रोक्यै बनाइनसक्छ ।

वामदेव ओली सरकारमा मात्र नभई यो प्रतिनिधिसभा कार्यकालमा उपप्रधानमन्त्रीसहित अर्थ या गृहमन्त्री बन्न नपाउने निश्चितप्रायः भएको छ । यसकारण उनका लागि राष्ट्रियसभा सदस्य पद नै घाँडो हुनसक्छ । उनले राष्ट्रियसभाको मनोनित सांसद पदबाट राजीनामा दिए आश्यर्च नमाने हुनेछ ।

यतिवेला नेकपामा उपाध्यक्ष गौतम अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको फुटवल वनेकाछन् ।

पछिल्ला जसरी पनि संसद हुन खोज्नुले उनको राजनीतिक कार्यकर्तावीचमा साख गुम्दै गएको छ । हक्की र साहसी नेताको उपमा पाएका गौतम पद हत्याउने विभिन्न खाले चंगुलमा फसेपछि भने दिनप्रतिदिन कार्यकर्तावीचमा अलोकप्रिय वन्दै जान थालेकाछन् ।

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic