प्रहरी हत्याकाण्ड स् घटनामा संलग्न सात जना सार्वजनिक घरेलु हतियार र कोदालो प्रहार गरी हत्या

  • कार्तिक ४, २०७७
  • १,३७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ कार्तिक ःकैलालीको धनगढी उपमहानगरपालिका( २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरिएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न हुनेमा धनगढी उपमहानगरपालिका( १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ ।

घटनाको अनुसन्धानको सिलसिलामा १६ जना पक्राउ गरेको र तीमध्ये सात जनाले संलग्नता स्वीकार गरेका छन् । घटनामा अन्यको पनि संग्लनता रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतसँग जोडिएको जुगेडामा लामो समयदेखि चोरीरतस्करी हुँदै आएको थियो ।

गएको शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसमेत रहेका बिक र प्रहरी जवान बेपत्ता भएका थिए । राति पटकपटक सम्पर्क गर्दासमेत फोन नउठेपछि उनीहरूको खोजी थालिएको थियो ।

खोजी गर्ने क्रममा असई बिकको शव आइतबार बिहान नेपाल(भारत सीमास्थित मोहना नदीमा घाँटीमा धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरी जवान साउँद बिकको शव फेला परेको स्थानबाट २ सय मिटरमाथि मोहना नदीमै फेला परेको थियो।

तस्करहरूको समूहले योजनावद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो प्रहार गरेर हत्या गरेको खुलेको छ ।

शनिबार राति करिब ८ बजेतिर असई बिक र जवान साउँद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic