धरान ५ मा हाम्रो युवा समाजद्धारा राहत वितरण

  • कार्तिक ६, २०७७
  • १,४३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ६ कार्तिक ः धरान ५ स्थित हाम्रो युवा समाजले विपन्न, अपांग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई राहत वितरण गरेको छ ।

कोरोना महामारीले गर्दा समस्या परेकाहरुलाई समाजले राहत वितरण गरेको हो ।

समाजका अध्यक्ष दिपक घिसिङले कोरोना महामारीले गर्दा परिवारमा गुजारा चलाउनै समस्या भइरहेको परिवारलाई राहत विरतण गरिएको वताए ।

उनले धरान र विदेशमा रहेकाहरुबाट सहयोग जुटाएर करिब १ लाख बराबरको राहत विरतण गरिएको जानकारी दिए ।

सो कार्यक्रममा सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली सहभागी रहेकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद राईले राज्यले गर्नुपर्ने राहत वितरण गरेर समाजका युवाहरुले गरेर उदाहरणीय कार्य गरेको बताए ।

समाजले देवीगाउँ र निशानेका ११ घर परिवारलाई राहत वितरण गरेको छ भने साउने र खैरेनीका ८ परिवार छन् ।

अध्यक्ष घिसिड.का अनुसार झरना चोक, माथिल्लो देउराली, तल्लो देउराली र बीच देउरालीका बासिन्दाहरुलाई पनि राहत वितरण गरिएको छ ।

प्रत्येक परिवारलई २० किलोको एक बोरा चामल र १ पोका तेल वितरण गरिएको थियो ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic