धरान ५ मा हाम्रो युवा समाजद्धारा राहत वितरण

  • कार्तिक ६, २०७७
  • १,४६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ६ कार्तिक ः धरान ५ स्थित हाम्रो युवा समाजले विपन्न, अपांग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई राहत वितरण गरेको छ ।

कोरोना महामारीले गर्दा समस्या परेकाहरुलाई समाजले राहत वितरण गरेको हो ।

समाजका अध्यक्ष दिपक घिसिङले कोरोना महामारीले गर्दा परिवारमा गुजारा चलाउनै समस्या भइरहेको परिवारलाई राहत विरतण गरिएको वताए ।

उनले धरान र विदेशमा रहेकाहरुबाट सहयोग जुटाएर करिब १ लाख बराबरको राहत विरतण गरिएको जानकारी दिए ।

सो कार्यक्रममा सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली सहभागी रहेकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद राईले राज्यले गर्नुपर्ने राहत वितरण गरेर समाजका युवाहरुले गरेर उदाहरणीय कार्य गरेको बताए ।

समाजले देवीगाउँ र निशानेका ११ घर परिवारलाई राहत वितरण गरेको छ भने साउने र खैरेनीका ८ परिवार छन् ।

अध्यक्ष घिसिड.का अनुसार झरना चोक, माथिल्लो देउराली, तल्लो देउराली र बीच देउरालीका बासिन्दाहरुलाई पनि राहत वितरण गरिएको छ ।

प्रत्येक परिवारलई २० किलोको एक बोरा चामल र १ पोका तेल वितरण गरिएको थियो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic