विष्फोटक पदार्थ र हतियारसहित विप्लव समुहका दुई जना पक्राउ

  • कार्तिक १३, २०७७
  • ३४५ पटक पढिएको
  • छाल खबर
alt

धरान,१३ कार्तिक ःप्रतिवन्दित पार्टी नेपाल कम्युनिष्ट पार्टी नेत्रबिक्रम चन्द विल्लव समुहको कम्पनी कमिसारलाई मोरड. प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हिजो बुधबार साँझ मोरङको मिक्लाजुङबाट हतियार र विष्फोटक पदार्थ सहित कम्पनी कमिसार पक्राउ गरेको हो । सप्तरीको सुरुंगा गाउँपालिका २ का ३२ बर्षीया प्रतिक भन्ने काशीनाथ घिमिरेलाई पक्राउ गरीएको ।

प्रहरीका अनुसार उनीसँगै इलामको चुलाचुली गाउँपालिका २ का १८ बर्षीय विज्ञान राई पनि पक्राउ परेका छन् ।

घिमिरे विप्लव समूहको पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनीका कमिसार रहेको अनुसन्धानबाट खुलेको छ भने राई पाटीको साधारण सदस्य रहेको बताइएको छ ।

मोरङ प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काको कमान्डमा उनीहरुलाई साँझ ७ बजे मोरङको मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेको एक घरबाट पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार दुवैको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, दुई प्याकेटमा रहेको ३ किलो जिलेटिन, २ सुतली बम, १ सकेट बम, १ टुकी बम, ३५ वटा इलेक्ट्रिक डेटोनेटर, १८ थान नन इलेक्ट्रिक डेटोनेटर, ६ थान लाइटर, १२ भोल्टको ब्याट्री, ४ बट्टा गन पाउडर र बारुद, पिलास, पेचकस, स्वीच, ३८।१० मिटर सेफ्टी फ्यूजको तार र ९० मिटर बिजुलीको डब्बल तार लगायत वरामद गरेको जनाएको छ ।

पछिल्लो समय विप्लवका कार्यकर्ता पक्राउ पर्नेक्रम तिव्र वनेको छ । यस अघि पनि पूर्व क्षेत्रबाट विप्लवका कार्यकर्ता पक्राउ परेका थिए ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic