४ अर्ब ४५ करोडको आइपिओ निस्कासनको लागि पाइपलाइनमा । हेर्नुहोस कुन कम्पनिको कति

  • कार्तिक १५, २०७७
  • २,२६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ कार्तिक ः नेपालमा कुनै पनि पव्लिक कम्पनीले जारी गर्ने साधारण शेयर (आइपिओ) जहिले पनि लगानीकर्ताको रोजाइमा पर्ने गर्दछ । आइपिओबाट अधिकांश लगानीकर्ताले राम्रो फाइदा लिएका छन् ।

त्यसैले होला, नयाँ तथा पुराना लगानीकर्ता आइपिओको बारेमा जानकारी लिन उत्साहित पनि हुन्छन् ।

आज हामीले बजारमा नेपाल धितोपत्र बोर्डमा आइपिओ निश्काशनको लागि आवेदन दिइसकेको र बोर्डको स्वीकृतिको लागि कुरीरहेका कम्पनीको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

प्रतिकित्ता १०० रुपैयाँ हालेको शेयर दोस्रो बजारमा कारोबार हुँदा सामान्यत २ सय भन्दा माथि हुने हुँदा लगानीकर्ताको चासो र चर्चाको विषय बन्ने गरेको छ ।

हालभने धितोपत्र बोर्डको पाइपलाइनमा ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७ सय २० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता आइपीओ शेयर रहेको छ ।

विभिन्न १६ वटा कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा रहेका छन् । धितोपत्र बोर्डले पालै पालो निस्कासन अनुमती दिने भएको छ ।

ती मध्ये अधिकांश जलविद्युत समूहका रहेका छन् भने केही इन्स्योरेन्स र केही अन्य कम्पनी पनि रहेका छन् ।
कम्पनीहरूको ५ लाख कित्ता देखी १ करोड ५० लाख कित्ता साधारण शेयर ९आईपीओ० निष्कासनको तयारीमा रहेका छन् ।

कुन कम्पनीको कति कित्ता
सीङगटी हाइड्रो इर्नजी लिमिटेड
सीङगटी हाइड्रो इर्नजी लिमिटेडले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
रु रु जलविद्युत परियोजना लिमिटेड
रु रु जलविद्युत परियोजना लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो जसमध्ये ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा स्थायी बासीको लागि हो भने ४ लाख ७ हजार ७ सय ६ कित्ता शयेर प्रतिकित्ता १२० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि हो ।
कम्पनीले २०७७ साल असार २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।
हिमालयन हाइड्रोपावर लिमिटेड
हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कात्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
डीस मीडीया नेटवर्क लिमिटेड
डीस मीडीया नेटवर्क लिमिटेडले २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
सुभम पावर लिमिटेड
सुभम पावर लिमिटेडडले ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
ईर्मजीङ नेपाल लिमिटेड
ईर्मजीङ नेपाल लिमिटेडले ५ करोड बराबरको ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
तेरथुम पावर कम्पनी लिमिटेड
तेरथुम पावर कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
चन्द्रागिरी हिल्स लिमिटेड
चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ ह्जार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
सीबीआईएल क्यापीटल लिमिटेड
सीबीआईएल क्यापीटल लिमिटेडडले ३ करोड बराबरको ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ करोड ३६ लाख २८ हजार ६ सय बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेड
मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले १ अर्व ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
बिन्दवासिनी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड
बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माध ०१ गते सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गर्नेछ ।
सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड
सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेडले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

भित्रिकुरा डटकम

बिजनेस एक्स्पो नाफामा

छाल खवर धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिल ...

शिक्षक महासंघले बाताका लागि नानुमाया पराजुलीको ने

छाल खवर धरान २७ चैतः विभिन्न माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकार ...

हिबिस्कस इङ्लिस बोर्डिङ स्कूल गुणस्तरीय र व्यवहार

चिनारी ः २०६३ सालमा स्थापना भएको हिबिस्कस इङ्लिस बोर्डिङ स्कूलले विद्यार्थी ...

तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

छाल खवर धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षर ...

सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

छाल खवर धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण ...

होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ

छाल खवर धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic