४ अर्ब ४५ करोडको आइपिओ निस्कासनको लागि पाइपलाइनमा । हेर्नुहोस कुन कम्पनिको कति

  • कार्तिक १५, २०७७
  • २,३५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ कार्तिक ः नेपालमा कुनै पनि पव्लिक कम्पनीले जारी गर्ने साधारण शेयर (आइपिओ) जहिले पनि लगानीकर्ताको रोजाइमा पर्ने गर्दछ । आइपिओबाट अधिकांश लगानीकर्ताले राम्रो फाइदा लिएका छन् ।

त्यसैले होला, नयाँ तथा पुराना लगानीकर्ता आइपिओको बारेमा जानकारी लिन उत्साहित पनि हुन्छन् ।

आज हामीले बजारमा नेपाल धितोपत्र बोर्डमा आइपिओ निश्काशनको लागि आवेदन दिइसकेको र बोर्डको स्वीकृतिको लागि कुरीरहेका कम्पनीको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

प्रतिकित्ता १०० रुपैयाँ हालेको शेयर दोस्रो बजारमा कारोबार हुँदा सामान्यत २ सय भन्दा माथि हुने हुँदा लगानीकर्ताको चासो र चर्चाको विषय बन्ने गरेको छ ।

हालभने धितोपत्र बोर्डको पाइपलाइनमा ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७ सय २० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता आइपीओ शेयर रहेको छ ।

विभिन्न १६ वटा कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा रहेका छन् । धितोपत्र बोर्डले पालै पालो निस्कासन अनुमती दिने भएको छ ।

ती मध्ये अधिकांश जलविद्युत समूहका रहेका छन् भने केही इन्स्योरेन्स र केही अन्य कम्पनी पनि रहेका छन् ।
कम्पनीहरूको ५ लाख कित्ता देखी १ करोड ५० लाख कित्ता साधारण शेयर ९आईपीओ० निष्कासनको तयारीमा रहेका छन् ।

कुन कम्पनीको कति कित्ता
सीङगटी हाइड्रो इर्नजी लिमिटेड
सीङगटी हाइड्रो इर्नजी लिमिटेडले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
रु रु जलविद्युत परियोजना लिमिटेड
रु रु जलविद्युत परियोजना लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो जसमध्ये ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा स्थायी बासीको लागि हो भने ४ लाख ७ हजार ७ सय ६ कित्ता शयेर प्रतिकित्ता १२० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि हो ।
कम्पनीले २०७७ साल असार २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।
हिमालयन हाइड्रोपावर लिमिटेड
हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कात्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
डीस मीडीया नेटवर्क लिमिटेड
डीस मीडीया नेटवर्क लिमिटेडले २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
सुभम पावर लिमिटेड
सुभम पावर लिमिटेडडले ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
ईर्मजीङ नेपाल लिमिटेड
ईर्मजीङ नेपाल लिमिटेडले ५ करोड बराबरको ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
तेरथुम पावर कम्पनी लिमिटेड
तेरथुम पावर कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
चन्द्रागिरी हिल्स लिमिटेड
चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ ह्जार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
सीबीआईएल क्यापीटल लिमिटेड
सीबीआईएल क्यापीटल लिमिटेडडले ३ करोड बराबरको ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ करोड ३६ लाख २८ हजार ६ सय बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेड
मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले १ अर्व ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
बिन्दवासिनी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड
बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माध ०१ गते सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गर्नेछ ।
सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेड
सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेडले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

भित्रिकुरा डटकम

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic