नेपाली कांग्रेसका नेता जुवाखालबाट पक्राउ

  • कार्तिक १६, २०७७
  • ३,४०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ कार्तिक ः नेपाली कांग्रेस स्थानीय नेता जुवाखाल जुवाखेलीरहेको अवस्थामा रंगेहात पक्राउ परेकाछन् ।

मोरङको केराबारी ६ मा सञ्चालित आफ्नै कालिज फर्मबाट जुवा खेलिरहेको अवस्थामा धरान ६ का भुपेन्द्र भट्टराई पक्राउ परेका हुन् ।

भट्टराई सहित ५ जना नगद सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अरुण केसी, शैलेज भुजेल, हरि खत्री र बोधराज मगर रहेको प्रहरी स्रोतको भनाई छ । मगर केराबारी ६ का हुन् भने अरु धरानका हुन् ।

उनीहरुको साथबाट ८ लाख भन्दा बढी नगद पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

भट्टराई धरान –६ बाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार वनेका थिए । निर्वाचनमा पराजित भएपछि उनी कोरावारीमा गएर कालिज फार्म सञ्चालन गर्दै आएकाछन् ।

मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले केराबारीबाट जुवाडेहरु पक्राउ परेको पुष्टि गरेकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic