दबाब समूहले प्रतिष्ठानमा १८ बुँदे अवधारणापत्र बुझायो

  • कार्तिक १६, २०७७
  • १,७१० पटक पढिएको
  • छाल खबर
alt

 कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएका विभिन्न समस्याहरु सुधारको माग गर्दै वीपी कोईराला स्वास्त्थ्य बिज्ञान प्रतिष्ठान सुधार दबाब समुहले १८ बुँदे अवधारणा पत्र आज आईतबार बुझाइएको छ ।
 
प्रतिष्ठानको सुधारका लागि पहल गर्न भन्दै हालै गठन भएको दबाब समूहले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई अवधारणा पत्र बुझाएको हो ।
अवधारणापत्रमा प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समितिको गठन गर्न माग गरिएको छ भने वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गर्न, एक्सन प्लान तयार गर्न विशेषज्ञ सहितको समूह निर्माण गर्न, अक्सिजन प्लाण्ट सञ्चालन उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गर्न पनि माग गरिएको छ ।
 
त्यस्तै लेभल ३ कोभिड अस्पतालको निर्दिष्ट सेवा प्रत्याभूत गर्न, आचार संहिता तर्जुमा तथा कार्यान्वयन गर्न, अन्तर सम्बन्ध समन्वय इकाइको गठन गर्न, सामाजिक लेखा परीक्षण हुने र कसले गर्ने सो को जिम्मेवारी तोक्न, नागरिकले स्वास्थ्य वीमाको उपयोग कोभिडका हकमा पनि गर्न पाउने व्यवस्था गर्न, सेवा सुचारु हुन नसकेका उपकरणहरु अविलम्ब मरमत संभार गरी सेवा सुचारु गर्न भनिएको छ ।
 
त्यसैगरी इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँदै ओपिडी सेवा नियमित गर्न, पिसिआर परीक्षण २४ सै घण्टा चालु गरी सरकारले घोषणा गरेको सुविधा सुलभ ढंगले प्रदान गर्न, कोभिड अस्पताल भित्रका अव्यवस्था तुरुन्त निराकरण गरी सिसि क्यामेरा र गेटमा मनिटर राख्न पनि माग अबधारणा पत्रका उल्लेख गरिएको छ ।
 
अवधारणा पत्रमा अस्पताल शैयाको १० प्रतिशत आईसियु रहने व्यवस्था पालन गर्न, सिटी स्क्यान र डायलासिय मेसिन चालु अवस्थामा ल्याई सेवा सुचारु गर्न, फार्मेसीबाट व्यहोर्नु परिरहेको नोक्सानी पुनःसमीक्षा गरी फार्मेसि व्यवस्थित गर्न, बिरामीको चाप अनुसार मातृशिशु वार्डमा बेडसंख्या कम भएकाले त्यसको व्यवस्था गर्न र कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो ? कतै नेतृत्वमा समस्या छ कि ? प्रश्न सहित पुनर्बिचार गर्न माग गरिएको अवधारणापत्रमा दबाब समूहका संयोजक गिरिधारी सापकोटा सहित अन्य पदाधिकारीहरुको हस्ताक्षर रहेको छ ।
 
गएको शुक्रबार मात्रै दबाब समुह गठन गरी हिजो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्यको लागि गठन गरिएको बीपी प्रतिष्ठान सुधार दबाब समूहको पहिलो बैठकले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरूसहित अवधारणा पत्र बुझाउने निर्णय गरेको थियो ।
 
त्यस्तै बैठकले अवधारणा पत्रको मस्यौदा तयार गरेर अन्तिम रूप दिने जिम्मेवारी समूहका सह संयोजक प्रा.डा.राजेन्द्र शर्मालाई दिएको थियो ।
सोही क्रममा माग पूरा गर्न काम अगाडि बढे नबढेकाे बारे ७ दिनका दिन फेरि पदाधिकारीहरु संग छलफल गरिने सह संयोजक प्रा.डा. राजेन्द्र शर्माले बताउनुभयो ।
 
 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic