सुनसरी १ नं. निर्वाचन क्षेत्रमा एक हजार घरधुरीमा कर्कटपाता

  • कार्तिक १७, २०७७
  • ४,०४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ कार्तिक ः नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत सुनसरीको १ नं. निर्वाचन क्षेत्रमा १ मा एक हजार घरधुरीमा कर्कटपाता लगाइने भएको छ ।

सरकारले ३ वर्ष भित्रमा फुसको छानो हटाउने अभियान अन्र्तगत १ नं निर्वाचन क्षेत्रमा सो घरधुरीमा कर्कट पाता लगाइने भएको हो ।

ghar dhuri

सो अभियान अन्र्तगत गत वर्ष रामधुनी नगरपालिकामा ५० घरमा कर्कटपाता छाइएको थियो ।

सुनसरी क्षेत्र नं १ संघीय संसद जयकुमार राईका अनुसार यस वर्ष बराहक्षेत्र नगरपालिकाको वडा नं १,२,३,४र ५ मा ४सय ४५घर धुरीमा फुसको छानो हटाएर जस्ता पाता लगाईने छ ।

त्यसैगरी रामधुनीको ६ र ७ नं. वडामा २सय २४ घरमा फुसको छानो हटाइने छ भने धरानमा ३ सय ३१ घरमा कर्कट पाताको छानो लगाइनेछ ।

विजुली,हावापानी र आगलागीबाट नागरीकलाई सुरक्षित राख्नको लागि यो अभियान चालिएको आवास कार्यक्रमका अध्यक्ष क्षेत्र नं १ का संघीय संसद जयकुमार राईले जानकारी दिए ।

राईका अनुसार फुसको छानो हटाउनको लागि सरकारले प्रतिघर ५० हजारका दरले रकम उपलव्ध गराउने छ ।

सुरक्षित आवास कार्यक्रम निर्वाचन क्षेत्र नं १ का अध्यक्ष समेत रहेका संसद राईले सोमवार बसेको समितिको वैठकले यस वर्षको कार्यक्रम तत्काल शुरु गर्ने र यस आर्थिक वर्ष भित्रमा सम्पन्न गरीसक्ने निर्णय गरेको समेत जानकारी दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic