सुनसरी १ नं. निर्वाचन क्षेत्रमा एक हजार घरधुरीमा कर्कटपाता

  • कार्तिक १७, २०७७
  • ४,००५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ कार्तिक ः नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत सुनसरीको १ नं. निर्वाचन क्षेत्रमा १ मा एक हजार घरधुरीमा कर्कटपाता लगाइने भएको छ ।

सरकारले ३ वर्ष भित्रमा फुसको छानो हटाउने अभियान अन्र्तगत १ नं निर्वाचन क्षेत्रमा सो घरधुरीमा कर्कट पाता लगाइने भएको हो ।

ghar dhuri

सो अभियान अन्र्तगत गत वर्ष रामधुनी नगरपालिकामा ५० घरमा कर्कटपाता छाइएको थियो ।

सुनसरी क्षेत्र नं १ संघीय संसद जयकुमार राईका अनुसार यस वर्ष बराहक्षेत्र नगरपालिकाको वडा नं १,२,३,४र ५ मा ४सय ४५घर धुरीमा फुसको छानो हटाएर जस्ता पाता लगाईने छ ।

त्यसैगरी रामधुनीको ६ र ७ नं. वडामा २सय २४ घरमा फुसको छानो हटाइने छ भने धरानमा ३ सय ३१ घरमा कर्कट पाताको छानो लगाइनेछ ।

विजुली,हावापानी र आगलागीबाट नागरीकलाई सुरक्षित राख्नको लागि यो अभियान चालिएको आवास कार्यक्रमका अध्यक्ष क्षेत्र नं १ का संघीय संसद जयकुमार राईले जानकारी दिए ।

राईका अनुसार फुसको छानो हटाउनको लागि सरकारले प्रतिघर ५० हजारका दरले रकम उपलव्ध गराउने छ ।

सुरक्षित आवास कार्यक्रम निर्वाचन क्षेत्र नं १ का अध्यक्ष समेत रहेका संसद राईले सोमवार बसेको समितिको वैठकले यस वर्षको कार्यक्रम तत्काल शुरु गर्ने र यस आर्थिक वर्ष भित्रमा सम्पन्न गरीसक्ने निर्णय गरेको समेत जानकारी दिएकाछन् ।

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic