धरानको विकासप्रेमी गजेन्द्र इस्वोको निधन

  • कार्तिक १८, २०७७
  • १,६९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ कार्तिक ःधरानका विकासप्रेमी तथा सामाजिक अभियन्ता गजेन्द्र इस्वोको मंगलवार विहान निधन भएको छ ।

केही दिन अघि कोरोना पोजेटिभ भएर विराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका इस्वोको मंगलवार विहान अस्पतालमा निधन भएको हो ।

क्यनसर रोगका पिडित इस्वो झापामा किमोथेरापी गराउदै आएका थिए ।

इस्वो भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार, धरानको विकाश निर्माण तथा समाज परिवर्तनको अभियन्ताका रूपमा पनि काम गर्दै आएका थिए ।

केहि दिन अघि अस्वस्थता कारण धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचारका लागी लगिएको र त्याहा उपचार सम्भव नभएपछि न्युरो अस्पतालमा लगिएको थियो ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको हकहित र अधिकारको लागि आजीवन सङ्घर्षरत, विकाश प्रेमी भूतपूर्व ब्रिटिस आर्मी ९२११६१७३ (कलर सार्जन) १० जिआर इस्वो धरान १५ निवासी हुन

स्व.इस्बो तत्कालीन समाजवादी पार्टी सुनसरीका संस्थापक अध्यक्ष वर्तमान जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष तथा समाजवादी पार्टी धरान नगर समितिका सल्लाहकार संयोजक रहेका थिए ।

उहाँ २०७६ साल मङ्सिरमा सम्पन्न भएको धरानका मेयर पदको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट मेयरका उम्मेदवार समेत रहेका थिए ।

तत्कालिन अवस्थामा ब्रुनाईमा गोर्खा सैनिकहरूको अधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट निष्काशन गरीएको थियो ।त्यसबेला उनी नै प्रमुख नेतृत्वकर्ता रहेका थिए ।

किरात याक्थुङ चुम्लुङका भूपू केन्द्रीय सचिव तथा वर्तमान केन्द्रीय सल्लाहकार, चुम्लुङ भवन धरानका निर्माणकर्ता, गोरखा सहकारीका संस्थापक, गोर्खा कम्प्लेक्स निर्माणकर्ता, धरान २० विष्णुपादुकामा निर्माणाधीन ब्रिटिस गोर्खा पार्कको परिकल्पनाकार, योजनाकार तथा नेतृत्वकर्ता समेत रहेका थिए ।

इस्वोको कोरोना भाइरसको कारणले मृत्यु भएको अस्पतालले जनाएको छ ।इस्वो लामो समयदेखि क्यान्सर, प्रेसर र सुगर जस्ता रोगहरूबाट पीडित रहेका थिए ।इस्वोको शव मंगलवार नै व्यवस्थापन गरीने भएकोे परिवारले जनाएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic