धरानको विकासप्रेमी गजेन्द्र इस्वोको निधन

  • कार्तिक १८, २०७७
  • १,७४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ कार्तिक ःधरानका विकासप्रेमी तथा सामाजिक अभियन्ता गजेन्द्र इस्वोको मंगलवार विहान निधन भएको छ ।

केही दिन अघि कोरोना पोजेटिभ भएर विराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका इस्वोको मंगलवार विहान अस्पतालमा निधन भएको हो ।

क्यनसर रोगका पिडित इस्वो झापामा किमोथेरापी गराउदै आएका थिए ।

इस्वो भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार, धरानको विकाश निर्माण तथा समाज परिवर्तनको अभियन्ताका रूपमा पनि काम गर्दै आएका थिए ।

केहि दिन अघि अस्वस्थता कारण धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचारका लागी लगिएको र त्याहा उपचार सम्भव नभएपछि न्युरो अस्पतालमा लगिएको थियो ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको हकहित र अधिकारको लागि आजीवन सङ्घर्षरत, विकाश प्रेमी भूतपूर्व ब्रिटिस आर्मी ९२११६१७३ (कलर सार्जन) १० जिआर इस्वो धरान १५ निवासी हुन

स्व.इस्बो तत्कालीन समाजवादी पार्टी सुनसरीका संस्थापक अध्यक्ष वर्तमान जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष तथा समाजवादी पार्टी धरान नगर समितिका सल्लाहकार संयोजक रहेका थिए ।

उहाँ २०७६ साल मङ्सिरमा सम्पन्न भएको धरानका मेयर पदको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट मेयरका उम्मेदवार समेत रहेका थिए ।

तत्कालिन अवस्थामा ब्रुनाईमा गोर्खा सैनिकहरूको अधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट निष्काशन गरीएको थियो ।त्यसबेला उनी नै प्रमुख नेतृत्वकर्ता रहेका थिए ।

किरात याक्थुङ चुम्लुङका भूपू केन्द्रीय सचिव तथा वर्तमान केन्द्रीय सल्लाहकार, चुम्लुङ भवन धरानका निर्माणकर्ता, गोरखा सहकारीका संस्थापक, गोर्खा कम्प्लेक्स निर्माणकर्ता, धरान २० विष्णुपादुकामा निर्माणाधीन ब्रिटिस गोर्खा पार्कको परिकल्पनाकार, योजनाकार तथा नेतृत्वकर्ता समेत रहेका थिए ।

इस्वोको कोरोना भाइरसको कारणले मृत्यु भएको अस्पतालले जनाएको छ ।इस्वो लामो समयदेखि क्यान्सर, प्रेसर र सुगर जस्ता रोगहरूबाट पीडित रहेका थिए ।इस्वोको शव मंगलवार नै व्यवस्थापन गरीने भएकोे परिवारले जनाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic