५६ बण्डल पटकासहित इटहरीबाट चारजना पक्राउ

  • कार्तिक २१, २०७७
  • १,३२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः तिहार नजिकिदै जादा छिमेकी मुलुक भारतबाट पटका भित्रिनेक्रम तिव्र वनेको छ ।

शुक्रवार इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको पक्राउ गरेपछि पटका भित्रिनेक्रम वढेको पुष्टि भएको छ ।

इटहरी वडा नं.८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जाने बाटोको भित्री सडकमा प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा चारजनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार (अटो चालक), इटहरी १२ बस्ने ३२ बर्षीया शान्ताकुमारी चौधरी, इनरुवा नगरपालिका ९ बस्ने २२ बर्षीय सतम अन्सारी र हरिनगर गाउँपालिका २ बस्ने २० बर्षीय दिनेश राम रहेका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीले जनाए अनुसार दक्षिण तर्फबाट आउँदै गरेको को. २२ प ३००२ नं. को मोटरसाईकल संगै रहेको को १ ह ७२६० नं। को अटो टेम्पुमा ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको बिष्पोटक पदार्थ (पटका) सहित पक्राउ गरिएको हो ।

चाडपर्वको समयमा अवैध सामान भित्रिने र तस्करीको घटनामा वृद्धि हुने गरेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic