५६ बण्डल पटकासहित इटहरीबाट चारजना पक्राउ

  • कार्तिक २१, २०७७
  • १,३६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः तिहार नजिकिदै जादा छिमेकी मुलुक भारतबाट पटका भित्रिनेक्रम तिव्र वनेको छ ।

शुक्रवार इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको पक्राउ गरेपछि पटका भित्रिनेक्रम वढेको पुष्टि भएको छ ।

इटहरी वडा नं.८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जाने बाटोको भित्री सडकमा प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा चारजनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार (अटो चालक), इटहरी १२ बस्ने ३२ बर्षीया शान्ताकुमारी चौधरी, इनरुवा नगरपालिका ९ बस्ने २२ बर्षीय सतम अन्सारी र हरिनगर गाउँपालिका २ बस्ने २० बर्षीय दिनेश राम रहेका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीले जनाए अनुसार दक्षिण तर्फबाट आउँदै गरेको को. २२ प ३००२ नं. को मोटरसाईकल संगै रहेको को १ ह ७२६० नं। को अटो टेम्पुमा ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको बिष्पोटक पदार्थ (पटका) सहित पक्राउ गरिएको हो ।

चाडपर्वको समयमा अवैध सामान भित्रिने र तस्करीको घटनामा वृद्धि हुने गरेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic