ढकाल प्यानलको उम्मेदवारी दर्ता दातृनिकाय, सरकार र निजीक्षेत्रबीच सहकार्य गर्न मेरो टीम आवस्यक छ–उपाध्यक्ष

  • कार्तिक २१, २०७७
  • २,९१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः आगामी मंसिर दोस्रो सातामा सम्पन्न हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहले उमेद्वारी दर्ता गरेको छ ।

ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचन आयोगका अनुसार वस्तुगततर्फ केन्द्रीय सदस्यमा नरेशलाल श्रेष्ठ,रविन कुमार श्रेष्ठ,आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया,हेमराज ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी जिल्ला नगरतर्फबाट ढकाल प्यानलबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराउनुभएको आयोगले जनाएको छ ।

त्यस्तै ढकाल प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गराएकाछन् ।

यता एशोसिएट्सतर्फ ढकाल प्यानलबाट कृष्णलाल महर्जन, अम्बिकाप्रसाद पौडेल, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, , बाबुकाजी कार्की,अजित वस्नेत,रामशरण थपलिया लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य सदस्यहरुले पनि आआफ्नो उम्मेदवारी गर्दा गराउनु भएको छ ।

उमेद्वारी दर्ता पश्चात ढकालले प्रतिक्रिया दिदै आफ्नो टीमले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्नका लागि टीमको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘निजी क्षेत्रका साना व्यवसाय प्रवद्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सृजना गर्ने उद्देश्य रहेको स्पष्ट गर्नुभएको छ ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघको तर्फबाट नीतिगत रुपमा व्यवसायीक मैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा आफ्नो टीमले लविङ गर्ने ढकालले जोडदिनुभयो ।

यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जित सुनिश्चित रहेको बताउनुभयो ।

मंसिर ११,१२ र १२ गते काठमाडौमा हुन लागेको निर्वाचनमा उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्रप्रसाद ढकालको समूह चुनावी मैदानमा उत्रिएको छ । दुवैटीम मतदातालाई आफ्नो पक्षमा पार्न देशव्यापी अभियानमा जुटेकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic