धरानलाई टान्जिट पोइन्ट वनाउन सकिने संभावना

  • कार्तिक २४, २०७७
  • ६,३६८ पटक पढिएको
  • छाल खबर
alt

धरान,२४कार्तिक ः वीपी प्रतिष्ठानका डाक्टर वीपी स्व.बी प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी धरानलाई पर्यटनको ट्रान्जिट पोइन्ट वनाउन सकिने वताएकाछन् ।

धरान रन समुहको प्रतिनिधित्व गर्दै धरान रन रनिङ्ग क्लब को तीन सदस्य मकालु बेस(क्याम सम्म को ११ दिने सफल पदयात्रा गरि धरान फर्कीएका चौधरीले सो कुरा वताएका हुन ।

पुर्बी नेपालको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी स्व.बि.प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी, दुवाथोलन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु आन्तरीक पर्यटनको पर्वद्धन गर्नका लागि मकालु वेस क्याम्प पुगेका थिए ।

makalu - 2

उनीहरु गत कार्तिक ११ गते मंगलबार त्यसक्षेत्रतर्फ प्रस्थान गरेका थिए ।

पदयात्रा टोलि धरान देखि खादबारी हुँदै नुमसम्म बस यात्रा गरिएको थियो भने त्याहा पैदल यात्रा गरेको थियो ।

यात्रा सोचे भन्दा कठिन घनघस्या ठाडो उकालो र संचार सम्पर्कबिहिन यात्रामा नुमबाट ६ दिन पश्चात समुन्द्र सतहबाट ४ हजार ८ सय ७० मिटरको उचाईमा रहेको मकालु वेस क्याम्प सम्म पुग्न सफल भएको उनीहरुले वताए ।

त्यसक्षेत्रमा अथाह पर्यटनको संभावना बोकेको सुन्दर नागी(खुल्ला टार) उच्च पहाडी झरना,सानाठुला पोखरी, तालको अवलोकन गरिने र सुन्दर तथा मनोरम हिमालको दृष्यावलोकन गर्न सकिने ठाउँहरु रहेको उनीहरुको अनुभव रहेको छ ।

जो सुकैले पनि आफ्नो जीवनमा एक पल्ट पुग्नै पर्ने अनुपम यात्रा संगम रहेको टोलीका प्रमुख डा समिर चौधरीले वताए । साथै ठाउठाउँमा सानातिना होटेल लज व्यवस्था रहेपनि सम्पर्कका लागि संचार साधानहरु कमै हुने गरेकोले त्यसक्षेत्रमा रहुन्जेल अन्योल नै भने रहने उनको अनुभव रहेको छ ।

धरानलाई ट्रान्जिट पोइन्ट वनाएर आन्तरीक तथा वाह्य पर्यटकलाई यहाबाट मकालु वेस क्याम्प लगायत त्यस क्षेत्रमा जाने पर्यटकलाई यहाको रुट प्रयोग गर्न सके धरानको पर्यटनलाई थप टेवा पुग्ने उनको सुझाव रहेको छ ।

यतिका लामो यात्राका लागि रुट वनाएर वास्तविक रुपमा पर्यटनको ठोस गन्तव्य वनाउन सकेको खण्डमा पूर्व क्षेत्रको पर्यटनको विकासमा निकै ठूलो फड्को मार्न सकिने उनको सुझाव भनाई रहेको छ ।

makalu = 4 makalu = 3

 

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic