चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने जिल्ला नगरका अध्यक्षहरुको निर्णय आफ्नो जीत सुनिश्चित भएको ढकालको दावी

  • कार्तिक २४, २०७७
  • २,३२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ कार्तिक ः उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्‍न निर्वाचन जिल्ला नगरका सवै अध्यक्षहरुले चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने निर्णय गरेकाछन् ।

गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका हुन् ।

ChandraPrasadDhakalPokhara2

देशव्यापी चुनावी प्रचारप्रसारमा रहेको ढकालले दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा भव्य स्वागत गरीएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ वटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्ने निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भएकोले वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत दावी गर्नुभयो ।

उद्योगी व्यवसायीको हक हितको लागि जुनसुकै अहोरात्र खटिने र उद्योगी व्यापारीको समस्या समाधानका लागि खटिने ढकालजस्तो व्यक्तिलाई नेतृत्वमा लान सुनौलो अवसर भएको उहाँको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका गुनासो आगामी दिनमा आउन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

ढकालले आफुलाई जिताउन उद्योगी व्यापारीहरु हतारीएको वताउदै आफ्नो जीत सुनिश्चित रहेको दावी समेत गर्नुभएको छ ।

ढकालले व्यवसायिक हिसावले ७७ वटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि जुनसुकै समयमा पनि खटिने उल्लेख गर्नुभयो ।

उहाले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हक, हित र व्यवसाय मैत्री नीति निर्माणमा आफूले पहल गर्ने बताउनुभयो ।

ढकालको समूहले देशव्यापी रुपमा आफ्नो प्रचार अभियानलाई तिव्र वनाउदै लगेको छ । ढकालको समूहबाट सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकार सदस्यमा उम्मेद्वारी दिनुभएको छ ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic