व्यावसायिक वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्छु ः ढकाल

  • कार्तिक २५, २०७७
  • ३,२३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ कार्तिक ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफ्नो उमेद्वारी रहेको वताउनु भएको छ ।

बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा वताउनुभएको हो ।

उहाले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने दावी गर्दै आफू त्यसका लागि सवै हिसावले सवल सक्षम रहेको स्पष्ट पार्नुभएको थियो ।

विगतमा पनि आफूले व्यवसायीका हक, हितको पक्षमा काम गर्दै आएको र अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, अधिकारलाई स्थापित गर्न जुनसुकै कदम चाल्न पछि नपर्ने स्पष्ट पार्नुभयो ।

महासंघको साख उच्च बनाउन र देशमा व्यावसायिक वातावरण बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले सवल सक्षम उमेद्वारका रुपमा रहनु भएका ढकाल समूहका टीमलाई विजयी गराउन अपिल समेत गनुभएको छ ।

उद्योग वाणिज्य महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ । तिवारीले अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी,केन्द्रीय सदस्यका उम्मेद्वार अशोक ताम्राकार लगायत विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागी रहनुभएको थियो ।

ढकालको टोली चुनावी प्रचार अभिायनमा देश व्यापीरुपमा हिडीरहेको छ ।

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic