व्यावसायिक वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्छु ः ढकाल

  • कार्तिक २५, २०७७
  • ३,२७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ कार्तिक ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफ्नो उमेद्वारी रहेको वताउनु भएको छ ।

बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा वताउनुभएको हो ।

उहाले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने दावी गर्दै आफू त्यसका लागि सवै हिसावले सवल सक्षम रहेको स्पष्ट पार्नुभएको थियो ।

विगतमा पनि आफूले व्यवसायीका हक, हितको पक्षमा काम गर्दै आएको र अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, अधिकारलाई स्थापित गर्न जुनसुकै कदम चाल्न पछि नपर्ने स्पष्ट पार्नुभयो ।

महासंघको साख उच्च बनाउन र देशमा व्यावसायिक वातावरण बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले सवल सक्षम उमेद्वारका रुपमा रहनु भएका ढकाल समूहका टीमलाई विजयी गराउन अपिल समेत गनुभएको छ ।

उद्योग वाणिज्य महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ । तिवारीले अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी,केन्द्रीय सदस्यका उम्मेद्वार अशोक ताम्राकार लगायत विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागी रहनुभएको थियो ।

ढकालको टोली चुनावी प्रचार अभिायनमा देश व्यापीरुपमा हिडीरहेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic