राप्रपाबाट कांग्रेसमा आएकालाई उच्चस्थान दिएको भन्दै सामाजिक संजालमा कार्यकर्ताको असंतुष्टी

  • कार्तिक २९, २०७७
  • १,६५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ कार्तिक ःपार्टी सभापति शेरबहादुर देउवाले आफुलाई शक्तिशाली वनाउनका लागि पार्टीमा योगदान नभएका आयातित व्यक्तिलाई माथिल्लो तहको जिम्मेवारी दिएर पुराना कार्यकर्ताको योगदानको उपहास गरेको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएकाछन् ।

देशभरका कार्यकर्ताहरुले सामाजिक सञ्जाल (फेसवुक)मार्फत यस्तो असन्तुष्टि व्यक्त गरेक हुन ।

congesss देशकै पुरानो राजनीतिक पृष्ठभूमि भएको पार्टी र देशको लोकतान्त्रिक आन्दोलनमा संघर्षमय राजनीतिक जीवनयात्रामा खारिएका अनगिन्ती नेताहरुले पार्टीभित्र खासै स्थान र सम्मान पाउन नसकिरहेका बेला पार्टीको विभाग अथवा जिल्ला तहको सदस्य हुने हैसियत समेत नभएका व्यक्तिहरुलाई पार्टीको केन्द्रीय कार्यसमितिमा स्थान दिइएकोमा कतिपय पुराना नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

कार्यकर्ताहरुले कस्ता दिन आए अब कांग्रेसमा को को लाई नेता मान्नुपर्ने भन्दै लाज लाग्न लागेको बताएका छन् । कसैले अब कांग्रेसले कमल थापालाई उपसभापति बनाए हुन्छ भन्ने टिप्पणी समेत गरेका छन् ।k1-2 copy

थापा केही महिना अघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । थापासंगै उनीसंगै कांग्रेस प्रवेश गरेका रामप्रसाद भट्टराई मोरङ, विष्णुविक्रम थापा सिन्धुपाल्चोक, वावुराम बस्नेत भोजपुर, वृजलाल यादव बारा, किरण गिरी काठमाडौं , टि।एन। योगी ललितपुरलाई केन्द्रीय सदस्यहरुमा देउवाले मनोनित गरेका थिए ।

त्यसैगरि आमन्त्रीत केन्द्रीय सदस्यका रुपमा दिलिप राई झापा, आशाराम चौधरी कैलाली, राजेशबहादुर सिंह कपिलवस्तु समेटेको थियो ।

k2-1 1

उनको जिम्मेवारीसंगै कांग्रेस कार्यकर्ताहरुमा व्यापक रुपमा असन्तुष्टि पैदा भएको छ । माथिल्लो तहदेखि तल्लो तहसम्म कार्यकर्ताहरुले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउदै आएकाछन् ।

देउवाले आगामी महाधिवेशनका लागि आफू वलियो दावेदार हुनका लागि यस्ता हर्कत गरेको कार्यकर्ताको आरोप रहेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic