राजनीतिकमा अनेक झेल,ओली र शेरबहादुर मिलेर प्रचण्ड माधव सिध्याउने खेल कांग्रेसलाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव

  • मंसिर ७, २०७७
  • ३,३४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,७ मंसिर ः सचिलालय बैठकमा आफ्नो एजेण्डा प्रस्तुतका लागि १० दिनको समय मागेका नेकपा अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले नया राजनीतिक यात्रा शुरु गरेकाछन् ।

ओलीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरी राजनीतिमा नया तरंग पैदा गरीदिएकाछन् ।
संवैधानिक रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बूढानीलकण्ठ पुगेका ओलीले देउवासँग सत्तासाझेदारीको विषयमा समेत कुरा गरेको बुझिएको छ ।

नेकपामा विवाद बढेसँगै पार्टी फुटको संघारमा छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र झलनाथ खनाल समूहले ओलीलाई एक्ल्याउन खोजेपछि ओलीले पार्टी फुटाउने तयारी थालेका हुन्।

ओली सत्ता टिकाउन र आफू शक्तिमा रहेर देखाउनका लागि जस्तो सुकै कदम चाल्न पनि पछि नपरेको स्रोतको दावी रहेको छ ।

उनले पार्टी फुटेको अवस्थामा सत्ता साझेदारी गर्न विपक्षी दल कांग्रेससँग प्रस्ताव समेत गरेको स्रोतको दावी रहेको छ । ओलीले देउवालाई फकाउन जस्तो सुकै हत्कन्डा अपनाउन पनि तयार रहेको देखिएको कांग्रेस निकट स्रोतले दावी गरेको छ । धेरै कोणबाट ओलीले फकाउन खोजेपनि देउवाले छलफल गरेर मात्र जवाफ दिने भनि पठाएको वुझिएको छ ।

देउवा निकट एक कांग्रेस नेताका अनुसार पार्टीमा आन्तरीक छलफल गरेपछि मात्र ओलीको प्रस्तावको विषयमा जवाफ दिनेगरी पठाएकाछन् ।

ओलीले देउवालाई आठ वटा मन्त्रालय कांग्रेसलाई दिन तयार रहेको पनि छलफलमा वताएको वुझिएको छ । उनले आवस्यकता अनुसार प्रमुख मन्त्रालय दिने र सो का लागि तयार रहन आग्रह गरेको कांग्रेसका एक सदस्यले जानकारी दिएकाछन् ।

उनले कांग्रेसले यतिवेला सरकारमा गएर पार्टीलाई कुनै उपलव्धि नहुने भएकोले सरकारमा जाने विषयमा गहिरो छलफल गरी टुंगोमा पुग्ने वताए ।

साझेदारी सरकारमा सहभागी हुदा अपेक्षित रुपमा काम गर्न पनि नसकिने र निर्वाचनको लागि समय पनि नजिकिदै गएकोले आगामी निर्वाचनलाई ठूलो क्षति पुग्ने भएकोले सरकारमा नजाने विषयमा कांग्रेसमा साझा धारणा वन्ने उनको दावी रहेको छ ।

कांग्रेसका केही नेताहरुले ओलीले आफ्नो सत्ता टिकाउन र पार्टी भित्रको अर्को समूहलाई घुर्की लगाउनका लागि यो पत्ता फालेको हुन सक्ने भएकोले यसलाई गम्भिर रुपमा लिएर अघि वढन आवस्यक नभएको पनि दावी गरेकाछन् ।

सो विषयमा नेपाली कांग्रेसका युवा नेता एवं पार्टी प्रवक्ता विश्वव्रकाश शर्माले नेपाली कांग्रेस कसैको फुटवल नवन्ने स्पष्ट पारेकाछन् ।
उनले आइतबार समाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै शर्माले कांग्रेसलाई ५ बर्ष विपक्षमा बस्ने जनादेश रहेको बताएका छन् । उनले कांग्रेस विपक्षमै बस्छ र कुनै पनि भड्कावतिर जाँदैन यो कुरा स्पष्ट रहोस् भन्दै ट्विट गरेका छन् ।

 

 

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic