नेशनल लाइफको नाफा ११ करोड ८३ लाख

  • मंसिर १०, २०७७
  • ३,९३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं १०,मंसिर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको सोही समयमा १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको नेशनल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

national-life final

यस आर्थिक वर्षको पहिलो ३ महिनामा कुल कायम रहेको बीमालेखको संख्या ८ लाख ८२ हजार छ ।

आगामी रणनीति

कम्पनीले वहन गर्नुपरेको आन्तरिक र वाह्य समस्या तथा चुनौती र त्यसलाई समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी कम्पनीले केही जानकारी दिएको छ ।

सो जानकारी अनुसार अहिले विश्वभर फैलिएको कोरोना भाईरसको कारणले अर्थतन्त्रमा मन्दी आएको अवस्था छ । त्यस्तै, उक्त मन्दीले जीवन बीमा व्यवसायमा प्रतिकूल प्रभाव पर्ने कम्पनीको अनुमान छ ।

कम्पनीले दिएको जानकारी अनुसार वर्तमान स्थितिमा बजार बृद्धि गर्न बीमा सेवा प्रभावकारी ढंगले अघि बढाउने आगामी रणनीति रहेको छ ।

विकास न्युज

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic