नेशनल लाइफको नाफा ११ करोड ८३ लाख

  • मंसिर १०, २०७७
  • ३,८९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं १०,मंसिर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको सोही समयमा १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको नेशनल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

national-life final

यस आर्थिक वर्षको पहिलो ३ महिनामा कुल कायम रहेको बीमालेखको संख्या ८ लाख ८२ हजार छ ।

आगामी रणनीति

कम्पनीले वहन गर्नुपरेको आन्तरिक र वाह्य समस्या तथा चुनौती र त्यसलाई समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी कम्पनीले केही जानकारी दिएको छ ।

सो जानकारी अनुसार अहिले विश्वभर फैलिएको कोरोना भाईरसको कारणले अर्थतन्त्रमा मन्दी आएको अवस्था छ । त्यस्तै, उक्त मन्दीले जीवन बीमा व्यवसायमा प्रतिकूल प्रभाव पर्ने कम्पनीको अनुमान छ ।

कम्पनीले दिएको जानकारी अनुसार वर्तमान स्थितिमा बजार बृद्धि गर्न बीमा सेवा प्रभावकारी ढंगले अघि बढाउने आगामी रणनीति रहेको छ ।

विकास न्युज

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic