पार्टी एकताको पक्षमा उभिन इटहरी उपमहानगर कमिटिको निर्देशन

  • मंसिर १०, २०७७
  • १,३१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

नगर कमिटीको मंगलवार बसेको सचिवालय वैठकले विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

वैठकले मुलुकले वामपन्थी एकताको आवस्यकता महशुस गरीरहेको अवस्थामा टुटफुट र विभाजन अहिलेको आवस्यकता नभएकोले एकताको पक्षमा एकढिक्का भएर उभिन निर्देशन दिइएको नगर कमिटी सचिव काशीनाथ दंगालले वताए ।

त्यसैगरी वैठकले इटहरी उपमहानगर कमिटिको एकतालाई पूर्णता दिएको छ ।

सचिव दंगालले नेकपा इटहरी उपमहानगर कमिटिले एकता प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए । उनले मातहतका पार्टी कमिटि र सदस्यहरुलाई पार्टी एकता विरोधी गतिविधि नगर्न निर्देशन समेत बैठकमार्फत दिइएको बताएकाछन् ।

पार्टी एकताको पक्षमा दृढतापूर्वक कार्य सम्पन्न गर्न वडा कमिटि तथा शाखा कमिटिहरुलाई निर्देशन समेत दिइएको  छ।

उपमहानगर कमिटिका अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला)को अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रचार विभाग, स्कूलिङ्ग विभाग, संगठन विभाग, स्थानीय तह समन्वय विभाग लगायतका २७ वटा विभाग र २७ वटै फ्याक्सन समेत गठन गरी जिम्मेवारी समेत तोकिएको दंगालले जानकारी दिए ।

बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला सह–इन्चार्ज निर्मल वराल, पार्टी प्रदेश समिति सदस्य एवम् इटहरी उपमहानगर कमिटि इन्चार्ज केशव विष्ट, इन्चार्जहरु राजकुमार गिरी, चिरन्जीवी भट्टराई, प्रदेश कमिटि सदस्य भानु मैनाली लगायतको उपस्थिति रहेको थियो ।

बैठकले ४ ३३ जनालाई पार्टीको जिम्मेवारी प्रदान गरिएको सचिव दंगालले जानकारी दिएकाछन् ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic