पार्टी एकताको पक्षमा दवाव दिनुपर्नेमा कार्यकर्ताको जोड

  • मंसिर १२, २०७७
  • १,५५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ नम्वर प्रदेशका कार्यालय सचिव तथा ईटहरीका सह ईन्चार्ज चिरञ्जीवि भट्टराईले पार्र्टी एकताको पक्षमा तल्लो तहका कार्यकर्ताहरुले एकजुट भएर दवाव दिनुपर्नेमा जोडदिएकाछन् ।

ईटहरी उपमहानगर १७ नं वडा कमिटि सचिवालयको बैठकमा वोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।

उनले केन्द्राम देखिएको असमझदारीले जनताका बैरीहरू हसाउने कार्यको प्रचारबाजी भएकोले प्रचार युद्ध छोडेर बैठकबाट हल खोज्न तल्ला कमिटिहरूले एक जुट भुएर दवाव श्रृजना गर्नु पर्ने आवश्यकता देखिएको औंल्याएका थिए ।

युवा नेता भट्टराईले पार्टी कमिटि भन्दा आफुलाई ठुलो नसम्झन नेताहरूलाई चेतावनी समेत दिएकाछन् ।उनले व्यक्ति भन्दा नीति प्रधानलाई आधार मानेर अघि बढन नेताहरुलाई सुझाव समेत दिएकाछन् ।

त्यसैगरी सुनसरी जिल्ला सचिवालय सदस्य तथा इटहरी इन्चार्ज राजकुमार गिरीले जनताले नेकपाबाट अझै ठूलो अपेक्षा गरेको हुनाले साना तिना कुरामा अल्मलिएर टुटफुटको पक्षमा लागेर जनताको अपेक्षालाई तुषारापात गर्न नहुने वताउदै पार्टी एकताको पक्षमा चटान वनेर उभिन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

केन्द्रमा भएको आन्तरीक विवाद वैठकबाट हल गर्दै पार्टीलाई थप मजवुद वनाएर लैजानुपर्ने अहिलेको आवस्यकतामा जोडदिएका थिए ।

। बैठकले पार्टी सदस्यता नविकरण गर्ने, ११ वटा टोल कमिटिहरू निर्माण गर्ने, यवा संघ नेपाल अनेमसंघ गठन लगायत थुप्रै ऐतिहासीक महत्वाका निर्णयहरू गरेको पार्टी वडा अध्यक्ष पदम सञ्जेलले जानकारी दिएकाछन् ।

सो वैठकमा प्रदेश कमिटि सदस्य तथा ईटहरी ईन्चार्ज केशव बिष्ट, प्रदेश कमिटि सदस्य तथा ईटहरी सह ईन्चार्ज चिरञ्जीवी भट्टराई, अतिथिहरू क्रमश प्रदेश कमिटि सदस्य अनिता परियार, नगर कमिटी अध्यक्ष बहादुर तामाङ, नगर कमिटी सचिव काशीनाथ दङ्गाल, १७ न वडा इन्चार्ज बिनोद झा उपस्थित रहेका थिए ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic