पार्टी एकताको पक्षमा दवाव दिनुपर्नेमा कार्यकर्ताको जोड

  • मंसिर १२, २०७७
  • १,५२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ नम्वर प्रदेशका कार्यालय सचिव तथा ईटहरीका सह ईन्चार्ज चिरञ्जीवि भट्टराईले पार्र्टी एकताको पक्षमा तल्लो तहका कार्यकर्ताहरुले एकजुट भएर दवाव दिनुपर्नेमा जोडदिएकाछन् ।

ईटहरी उपमहानगर १७ नं वडा कमिटि सचिवालयको बैठकमा वोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।

उनले केन्द्राम देखिएको असमझदारीले जनताका बैरीहरू हसाउने कार्यको प्रचारबाजी भएकोले प्रचार युद्ध छोडेर बैठकबाट हल खोज्न तल्ला कमिटिहरूले एक जुट भुएर दवाव श्रृजना गर्नु पर्ने आवश्यकता देखिएको औंल्याएका थिए ।

युवा नेता भट्टराईले पार्टी कमिटि भन्दा आफुलाई ठुलो नसम्झन नेताहरूलाई चेतावनी समेत दिएकाछन् ।उनले व्यक्ति भन्दा नीति प्रधानलाई आधार मानेर अघि बढन नेताहरुलाई सुझाव समेत दिएकाछन् ।

त्यसैगरी सुनसरी जिल्ला सचिवालय सदस्य तथा इटहरी इन्चार्ज राजकुमार गिरीले जनताले नेकपाबाट अझै ठूलो अपेक्षा गरेको हुनाले साना तिना कुरामा अल्मलिएर टुटफुटको पक्षमा लागेर जनताको अपेक्षालाई तुषारापात गर्न नहुने वताउदै पार्टी एकताको पक्षमा चटान वनेर उभिन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

केन्द्रमा भएको आन्तरीक विवाद वैठकबाट हल गर्दै पार्टीलाई थप मजवुद वनाएर लैजानुपर्ने अहिलेको आवस्यकतामा जोडदिएका थिए ।

। बैठकले पार्टी सदस्यता नविकरण गर्ने, ११ वटा टोल कमिटिहरू निर्माण गर्ने, यवा संघ नेपाल अनेमसंघ गठन लगायत थुप्रै ऐतिहासीक महत्वाका निर्णयहरू गरेको पार्टी वडा अध्यक्ष पदम सञ्जेलले जानकारी दिएकाछन् ।

सो वैठकमा प्रदेश कमिटि सदस्य तथा ईटहरी ईन्चार्ज केशव बिष्ट, प्रदेश कमिटि सदस्य तथा ईटहरी सह ईन्चार्ज चिरञ्जीवी भट्टराई, अतिथिहरू क्रमश प्रदेश कमिटि सदस्य अनिता परियार, नगर कमिटी अध्यक्ष बहादुर तामाङ, नगर कमिटी सचिव काशीनाथ दङ्गाल, १७ न वडा इन्चार्ज बिनोद झा उपस्थित रहेका थिए ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic