रामधुनी र धरान सिधै जोडियो रिङरोडको अवधारणा कार्यान्वयन हुने

  • मंसिर १९, २०७७
  • २,२८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ मंसिर ःअव धरान र रामधानी नगरपालिकावीचमा सिधा सम्पर्क हुने भएको छ ।धरानलाई रिङरोडले जोडने अवधारणा अनुसार अव सो क्षेत्रमा जोडिने भएको हो ।

सोही अनुसार बिहीबार कान्छो सडकको रुपमा जय मार्गको उद्घाटन भएको हो ।

सुनसरी क्षेत्र नं १ का संघीय संसद जयकुमार राईले रामधुनी र धरान जोड्ने जय मार्गको औपचारीक उद्घाटन गरेका थिए ।

final

संसद राईले सडक गर्दै धरानलाई सवैक्षेत्रबाट जोडने आफ्नो लक्ष्य अन्तिम चरणमा रहेको दावी गरेका थिए ।

सांसद् राईले चारैतर्फबाट सडक सञ्जालले जोडेर धरानलाई तिब्र गतिमा विकास गर्ने लक्ष्यका साथ आफू लागि परेको दावी समेत गरेका थिए । उनले रामधुनीसँग सिधै धरानलाई जोड्न पाउँनुमा आफ्नो लागी गौरवको विषय भएको उल्लेख गरेका थिए ।

धरान १९ देखि लघुना सम्म जोड्ने सामरिक महत्व बोकेको लिङ्क रोडको रुपमा परिचित रहेको छ ।

यो सडकले संघिय सरकारबाट घोषणा भएका धान जोन, बंगुर जोन,माछा जोन्,अदुवा जोन् बेसार जोन् जस्ता कार्यक्रम हरुको बृद्दि बिकासमा महत्वपुर्ण भुमिका खेल्दै रासा ताल अमाहा बेला जस्ता पर्यटकिय स्थान हरुको बृद्दि बिकासमा भर गर्ने कुरालाई जोड दिदै कालोपत्रे गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

3

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं १ मा आएको रकम मध्ये ४० लाखको लागतमा ९ किलोमिटर सडकको ट्र्याक खोलेर ग्राभेल गरिएको छ ।

सडक निर्माण पश्चात अहिले रामधुनीमा उत्पादन भएको तरकारी तथा दुध लगायतका दैनिक उपभोग्यवस्तुहरु आउने गरेको छ । रामधुनीबासीलाई दैनिक बजार आवतजावत गर्न सहज भएको छ ।

धरान–स्थित हरीयाली सामुदायिक वनको विचबाट सो क्षेत्रमा जाने सडक पुरानो सडकको रुपमा परिचित रहेपनि त्यसले पूणता पाएको थिएन ।

अव भने सो सडकले आवतजावतका लागि पूर्णता पाएपनि यसलाई कालोपत्रे गर्न भने ठूलो रकम खर्च लाग्ने भएकोले त्यसका लागि पहल गरीदिन नेकपा नेता नन्द बस्नेतले संसद राईसंग आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश संसद उमिता वराइली,नेकपा प्रदेश कमिटी सदस्य तथा धरान नगर इन्चार्ज आइन्द्र विक्रम वेघा, नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदी,नगर इन्चार्ज चोत्लुङ ,  नेकपा जिल्ला सदस्य तथा धरान नगर सहइन्चार्ज पदम लिम्वु, नगर सदस्य राजमणी निरौला,लगायतको उपस्थिति रहेको थियो ।

4 5

 

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic