उदयपुरमा बम विस्फोट, सौर्य सिमेन्ट उद्योगलाई क्षती

  • मंसिर १९, २०७७
  • १,८४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ मंिसर ःउदयपुरको कटारीमा गएराती ४ वटा बम विस्फोट भएको छ ।

अज्ञात समुहले कटारी नगरपालिकाको वडा नं. ८ भन्टाबारी स्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानीमा बम विस्फोट गराएको हो ।

खानी क्षेत्रको एकै ठाउमा ४ वटा बम विस्फोट गराएको उदयपुर प्रहरीले जनाएको छ ।

मध्येराती एक्कासी ठुलो आवाजमा बम विस्फोटनको आवाज गाउलेहरुले सुनेका थिए । आतंकित हुदै भागदौड चल्दा चारजना सर्वसाधारण सामान्य घाईते भएका छन् ।

घाइतेहुनेहरुमा कटारी नपा–७ का अन्दाजी २३ वर्षिय नवीन मगर, २४ वर्षिय बिस्णुबहादुर मगर, उदयपुरगढी गा।पा।(२ का २७ वर्षिय दुर्गाबहादुर तामाङ र मकवानपुर जिल्लाको भिमफेदि गापा।(९ का ३० वर्षिय सागर मोक्तान रहेका छन् ।

उनीहरु सबैको खुट्टामा सामान्य चोट लागेको छ । घाईतेहरु उद्योगकै कामदार रहेको बुझिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार बम विस्फोटबाट भौतिक क्षति छ, मानवीय क्षति भने भएको छैन । भागदौडमा घाइतेहरुको कटारि अस्पतालमा उपचार भएको छ ।

प्राप्त जानकारी अनुसार राती तीनरचार जनाको समुहमा आएका अपरिचित व्यक्तिहरुले त्यहाँ रहेका कामदारहरुलाई हप्काउदै बम विस्फोट गराएका थिए ।सुतिरहेका कामदारहरु हप्किदप्कि पछि भागेका थिए ।

अज्ञात समुहले एक मोटर साईकल र एक स्काईभेटरमा पेट्रोल खन्याई आगजनिसमेत गरेका छन् । आगजनिबाट मोटरसाईकल पूर्ण क्षति भएको छ भने स्काईभेटरको क्याविनमा क्षति भएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बेस कटारीकाट गएको सुरक्षाटोलीले घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाएका थिए भने बम बनाउन प्रयोग गरिएका टेप, प्लाष्टिकहरु फेला पारेका थिए ।

बिस्फोट र आगोलागीबाट अन्दाजी मूल्य रु १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

घट्ना कुन समुहले घटाएको भन्ने खुल्न नसकेको, खोजी तलासी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एस.पि. दाहालले जानकरी दिएकाछन् ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic